Categories: कविता

“मेरो सानो साथी”

रमेश प्रभात,
चितवन

हिजो हाम्रो घरमा
मामा माइजू आउनु भो
मेरो लागि भनेर
सानो पप्पी ल्याउनु भो ।

सुरुमा म डराएँ
फेरि मन पराएँ
उसैसँग खेलेर
सानो साथी बनाएँ ।

म दौडँदा कुद्छ त्यो
म रोकिँदा रुक्छ त्यो
मलाई एकछिन नदेख्दा
बोलाउँदै भुक्छ त्यो ।

जिम्मी भनी डाक्छु म
खेल्छु अनि थाक्छु म
मेरै छेउमा बस्छ ऊ
काखमाथि राख्छु म ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

11 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

12 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

3 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

3 days ago