Categories: कविता

“मैलो नलागोस् मन भित्र मेरो”

शान्ति सिग्देल

पाखा पखेरा सब ठाउँ जोती
टिप्दै म राखूँ अनमोल मोती
आफैँ समालूँ घर वा कटेरो
मैलो नलागोस् मन भित्र मेरो।

भोको छु भन्दै नहिँडूँ म मागी
नेपाल छोड्ने नबनूँ अभागी
पक्की बनाऊँ पथ या पँधेरो
मैलो नलागोस् मन भित्र मेरो।

खोले र सिस्नो परिकार खाऊँ
यो देश मेरो शिरमा सजाऊँ
हो वायु पानी सब मित्र मेरो
मैलो नलागोस् मन भित्र मेरो।

चन्द्रांशु तारा रवितुल्य बन्दै
सङ्घर्षले जीवन यो निफन्दै
आजन्म आत्मा नबनोस् अँधेरो
मैलो नलागोस् मन भित्र मेरो।

बाधा हजारौँ छिमलेर फाली
उद्यानको बन्न सकूँ म माली
यो मृत्तिकाको म बनूँ पियारो
मैलो नलागोस् मन भित्र मेरो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

17 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

17 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago