Categories: बाल कथा

काेचिङ

बाेधराज प्याकुरेल
खजुरा,बाँके

” त्रैमासिक परीक्षाको रिजल्ट हेर्दा,पढाइ एकदमै खस्किएको देखिन्छ ।” प्रअले स्टाप बैठककाे शुरुमै भने ।
” गणित र विज्ञानमा एकजना पनि पास छैनन् ।” सहायक प्रअले थपे ।
” काेरानाले गर्दा तीनबर्ष पढ्न पाएनन् त्यसको परिणाम अहिले देखिदैछ।” गणित शिक्षकले आफ्नाे बचाउ गरे ।
” विद्यार्थीलाई पढ्ने मनै छैन,हामीले मात्रै जाेड गरेर कसरी हुन्छ ? “विज्ञान शिक्षकले गुनासो गरे ।
” कक्षा दशकाे मात्रै भएपनि अतिरिक्त कक्षा चलाउनु पर्छ कि ?” एसईईलाई मध्य नजर गर्दै प्रअले भने ।
“सकिदैँन सर,दिनभर कक्षामा पढाएर फेरि अतिरिक्त कक्षा लिन। “सबै सरहरुले एउटै आशय व्यक्त गरे ।
” प्रति विद्यार्थी एउटा विषयकाे पाँच हजार उठाएर,सबै विषयकाे एक दुई महिना काेचिङ् चलाउँदा राम्रै हाेला ।” प्रअले याेजना सुनाए ।
“काेचिङ् चलाउन सक्किहालिन्छ नि सर,बिहान बेलुका।” सबै सरहरुले सहमति जनाए ।

 

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

18 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

18 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago