कमला घिमिरे अधिकारी
लमजुङ बेसीशहर
हाल:-टोखा, काठमाडौं
धेरै बेर मोबाइल खेलाउने बानीले
गृहकार्य गर्न पनि बिर्सिइछ सानीले
स्कुल जाने बेलामा जान्न भन्दै कराई
गृहकार्य सम्झिएर बल्ल सानी डराई
सबै साथी मिलेर सँगै गए स्कुल
गृहकार्य नसकेर भयो कति मुस्किल
गुरुमाले स्कुलबाट फोन गर्नु भयो
घरमा पनि बा आमाले गाली गर्नु भयो
बुझौँ साथी, धेरै बेर मोबाइल नखेलौँ
समयमा आफ्नो काम गर्नलाई नभुलौँ
धेरै बेर मोबाइल खेलाउने बानीले
आज सबै जनाको गाली खाई सानीले ।।
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…