अद्भुत भानु जयन्ती

प्रह्लाद दवाडी
लिङ्गमो पेप्थाङ, सिक्किम

युवाहरु मिलेर भानु जयन्ती भव्य रूपमा पालन गर्ने निधो गरेछन्। मलाई मुख्य अतिथिको निमन्त्रणा गरे। आजका युवाले मादक पदार्थको सेवन गर्नु भन्दा कुलतबाट टाढा रहन यस्तो कार्यक्रम गर्नु सकारात्मक सोच हो भन्दै मैले भानुजयन्तीको निम्तो सहर्ष स्वीकार गरेर केही अग्रिम रकम दिएर पठाएँ।
भानु जयन्तीको दिन गजक्क संग दौरा सुरुवाल कोट टोपी लगाएर कम्मरमा पटुका कसेर सिरुपाते खुकुरी भिरेर मुख्य अतिथिको रुपमा उपस्थित हुन गएँ। समितिका सदस्य सबैले टाई सुटको ड्रेस कोड पहिरन लगाएका थिए। आदिकवि भानुभक्तको फोटो लगाएर मञ्च बनाइएको थियो। अतिथिको स्वागत पनि भव्य भयो।
एक दुईवटा नाच प्रदर्शन भए पछि समारोह आयोजक समितिका अध्यक्षले मेरै छेउमा बसेर धेरै दिन देखी दुःख गरेर कार्यक्रम आयोजना गरेको र आज अन्तिम दिन सबै कार्यक्रमको अन्तिम रूप मात्र पस्किएको कुरा राखे।

यतिकैमा कार्यक्रम सूचीमा मेरो नजर पर्यो।
नाच प्रदर्शन पछिका रहल कार्यक्रममा सिरानी कुस्ती, लठ्ठा तान, महिला लात्ते भकुण्डो, पुरुष हाते भकुण्डो थिए।
मैले जिज्ञासा राखें ” रामायण पाठ तथा साहित्यिक कार्यक्रम भएनन्?”
आ, राखिएन सर। कथा कविता सुन्न मान्छे नै आउँदैनन्। फेरि रामायण त बाजे बराजुहरुको हो। अहिलेका युवाहरुले श्लोक हान्न जाँन्दैनन्। नेपाली भाषा राम्रो संग पढ्न लेख्न त सक्दैनन्। आजको मजा आउने, भीड जुट्ने भनेको नाचगान, खेलकुद नै हो।
दर्शक बडो उत्तेजनाका साथ खेल हेरी रहेका थिए। सबै खेला सकिए पछि सबै दर्शक आफ्नो बाटो लागे। तब मेरो भाषणको पालो आयो। मलाई छोटो आशीर्वाद राख्ने अनुरोध गरे।
मैले सुरु गरेँ “उहिले आदिकवि भानुभक्त आचार्यको समयमा यस्ता कार्यक्रम आयोजना हुँदैन थिए होला। भानुभक्त आचार्य भाषा साहित्यको क्षेत्रमा व्यस्त रहेकाले मनोरञ्जन गर्न पनि पाएनन् होला। धन्न तपाईंहरूले आज भानु जयन्ती समारोहमा फुटबल प्रतियोगिता, भलिबल प्रतियोगिता इत्यादि खेला राखेर भाषा साहित्यको सेवामा टेवा पुर्याउने काम भयो। तपाईंहरूको अद्भुत भानु जयन्ती कार्यक्रम हेरेर स्वर्गमा भानुभक्त आचार्य पनि खुशी हुनु भयो होला। यस्ता विद्वान युवालाई बधाई छ। ”
समिति सबैले ताली बजाए।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

5 hours ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

6 hours ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

6 hours ago

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

1 day ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

1 day ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

1 day ago