Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/sarathib/public_html/wp-content/themes/Newspaper/functions.php on line 5
मौसमको चकचक | सारथि बाल पत्रिका
Categories: बाल कथा

मौसमको चकचक


शशी अर्याल
काठमाडौं

मौसम सधैंजसो केही न केही चकचक गरिरहन्थ्यो । कक्षाका साथीहरूलाई कुनै न कुनै किसिमले सताइरहन्थ्यो। “सर, मौसमले मेरो किताब च्यातिदियो । म्याम, मौसमले मेरो होमवर्कमा केरिदियो । मौसमले मेरो खाजा पोखिदियो । मौसमले मलाई डल्ले भन्यो ।” उसका बारेमा साथीहरूले गर्ने यस्ता गुनासा सामान्य थिए । ऊ चार कक्षा पुगिसकेको थियो । तैपनि छुच्याईँ गर्न भने कम  भएको थिएन।
सुमन तीन दिनदेखि विद्यालयमा अनुपस्थित थियो । कक्षा शिक्षकले उसकी आमालाई फोन गर्नु भयो । “हेलो, नमस्कार । म सुमनकाे कक्षा शिक्षक । ऊ तीन दिन भैसक्यो स्कुल नआएकाे, किन हाेला ?” फाेनमा उत्तर आयाे – “अब सुमन त्याे स्कुल आउँदैन । कक्षाकाे माैसम भन्ने बच्चाले सुमनलाई केटी भनेर जिस्क्याउँछ रे । अरू बच्चाहरू पनि गलल्ल हाँस्छन् रे । म त त्याे स्कुल जान्न भन्छ । रून्छ । अस्ति भर्खर भर्ना गरियाे । पाेशाक हालियाे। किताब कापी पनि किनियाे । अब के गर्ने ? ब्रतबन्ध अगाडि कपाल काट्न पनि मिल्दैन । छाेरालाई सधैं  रूवाउँदै स्कुल पठाउन पनि सकिँदैन ।” यति भनेर सुमनकी आमाले फाेन राखिदिनु भयाे।
कक्षा शिक्षकले सबैले सुन्ने गरी कक्षाबाटै फाेन गर्नु भएकाे थियाे । माैसमकाे अनुहार कालाे निलाे भयाे। क्षमायाचनाले भरिएकाे उसकाे आँखा भरि आँसु टिलपिलाइरहेकाे थियाे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

दशैँ

लक्ष्मीप्रसाद पौडेल धनगढी, कैलाली बाले बोकालाई रातो टीका लगाए । घाँटीमा रातो धजा बाँधे ।…

2 weeks ago

विपद्मा अभिभावक गुमाएका बालबालिकाको संरक्षण अब राज्यको जिम्मामा

विपद्का कारण अभिभावक गुमाएका, परिवारबाट बिछोडिएका तथा असुरक्षित अवस्थामा पुगेका बालबालिकाको संरक्षणलाई राज्यको संस्थागत जिम्मेवारीका…

2 weeks ago

लघुकथा

जानकी कर्माचार्य ललितपुर,हरिसिद्धि "हजुरबुबा ! हजुर किन सधैँ यो अनलाइनमा कति बस्नु हुन्छ?" अनलाइन कार्यक्रम…

2 weeks ago

“हामी र हाम्रा नदी”

कृष्णशरण उपाध्याय पौडेल हामी जन्मनु पूर्व छल्छल थिए, सारा नदी का जल हाम्रो मृत्यु पछाडि…

2 weeks ago

अन्धभक्त

केशव नेपाल ‘नील’ बलेफी - ८, लामोसाँघु, सिन्धुपाल्चोक “होनित ! यो मोबाइल भन्ने चिजले आफ्ना…

2 weeks ago

मुकुण्डो

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया "गलामा माला, शिरमा टोपी।" सुकमान ‘आदर्श पुरुष’ को प्रमाणपत्र बोकेर घर…

2 weeks ago