सृजना घिमिरे ढकाल

“म” को हुँ, तिमीलाई कसरी थाहा हुन्छ?
म त म हूँ, आफ्नो मनको चाहना हूँ।
तिमी अनुसारको म तिम्रो सोच,
मलाई चिन्ने तिम्रो आधार हो।

तर तिमीले चिनेको म, म होइन,
यो त तिम्रो म प्रतिको धारणा हो।
तिम्रो सोच तिम्रो पहिचान हो,
अनि मेरो पहिचान म आफैं हूँ,
मैले म प्रति बनाएको धारणा हो।

कहिलेकाहीँ त मैले आफैँलाई चिन्दिनँ,
शून्यतामा पुगेर फर्किएको बटुवा जस्तै।
अनि आफ्नै विचार र धारणाले
आफ्नो निर्माण गर्छु।
आफूलाई के हुँदा सन्तुष्टि मिल्छ,
आफूलाई त्यसमै ढाल्छु।
सबैमा आत्मीयता र आफ्नोपन बाड्छु।

म जो हूँ, तिमीलाई कसरी थाहा हुन्छ,
र भन्छौ— “तिमी यस्तो र त्यस्तो!”
म त आफ्नै मनको चाहना हूँ।
म प्रतिको तिम्रो धारणा
तिम्रो परिचय हो।
अनि मेरो परिचय
म प्रतिको मेरो धारणा हो।
म त आफ्नै मनको चाहना हूँ।
मैले म प्रति बनाएको धारणा हूँ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

10 hours ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

10 hours ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

1 day ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

1 day ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

2 days ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

2 days ago