Categories: बाल कथा

रक्षाबन्धन्

सुरेशकुमार पाण्डे
दाङ घोराही १८

“आज त छिट्टै उठेर नुहाई तैयार भइछ हाम्री छोरी ; कता जान तैयार भएकी हो ?”- जमुनाले पुष्पा तैयार भएको देखेर सोधी।
“आमा हजुरलाई पनि थाहा छैन ? आज रक्षाबन्धन् हो । अनि दाजी पनि आइपुग्ने कुरा छ नी त्यसैले म बजार गएर राखी ल्याउँछु।”-पुष्पाले खुसी हुँदै भनी।
अहिले चौथो वर्षको रक्षाबन्धन्को अवसरमा विजय विदेशबाट घर आउँने कुरा थियो। त्यसैले पुष्पा धेरै हर्षित थिइ।
“जाउ तर छिट्टै आए है ।”-जमुनाले केही पैसा उसको हातमा राख्दै भनिन् । आफु चैँ घर सफा गर्न थालिन । आज यो घरमा विशेष खुसी थियो।
एकैछिनमा पुष्पा पनि बजारबाट आई। सबै तैयारी भयो।
“यतिबेलासम्म त दादा आइपुग्नु पर्ने । दिनको दुई बज्न आँट्यो दादाको फोन पनि लाग्दैन।”-पुष्पा मनैमन् चिन्तित घरिघरी फोन मिलाई रहेकी थिई।
“अचानक मोबाइलको घन्टी बज्यो। यसो हेर्दा विजयको फोन थियो। ऊ खुसी हुँदै फोन उठाई।
“हजुर दादा ! किन ढिला गरेको ? हजुर कत्न आउँनुभयो ? उसले उताबाट केही बोल्नु भन्दा पहिले हतपत आफ्नै प्रश्न थुपारी।
“पुष्पा सुन त मलाई अहिले पनि छुट्टी मिलेन बहिना । तर म छिट्टै आउँछु।”-उताबाट विजयले आफ्नो दर्द लुकाएर भन्यो।
ऊ घर आउने क्रममै दुर्घटनामा परेर घायल एउटा हस्पिटलको बैठमा उपचाराधिन थियो।
“दादा हजुर कस्तो झुट बोल्न जान्नु भएको।”- ऊ रिसाएर फोन काटी।
“आमा जमुनाले छोरीको आसुँ देखेर केही सोधिनन् । आफ्ना रसाएका आँखा छोपेर काममा लागिन।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

22 hours ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

22 hours ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

2 days ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

3 days ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

3 days ago