
प्रार्थना खनाल
सुकेधारा
श्रावणी पूर्णिमालाई वेदारम्भ कर्म, सांस्कृतिक कर्म भन्नुको तात्पर्य के हो बुवा ?
“हेर छोरो ! हाम्रा पालामा हजुरबाले मलाई घरमै संस्कृत भाषा पढाउनुहुन्थ्यो , सॉस्कृतिक पर्व बारे सबै जानकारी हुन्थ्यो । सोही अनुरुप मैले पढेको श्रावणी पूर्णिमाका दिन महर्षि याज्ञवल्क्यले आदित्य व्रह्मबाट वेदप्राप्त गरेको दिन भएकोले यस दिनलाई वेदजयन्ति पनि भनिएको हो ।“ बाबुले छोरालाई बुझाउंदै गए।
“त्यसो भए यो दिन र क्वॉटीको के सम्बन्ध छ ? रक्षाबन्धन किन लगाउँछन् त ? “छोरोले प्रश्न गर्यो।
बाबुले छोरालाई फेरि सम्झाउँदै भने,” सुन सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणहरूलाई बचाउन गुरू वृहस्पतिले रक्षावन्धन तयार गरे । वलिराजा र देवगणहरूलाई विविध मन्त्रोच्चारण र पुजन गर्दै रक्षाबन्धन पहिराए। जुन रक्षित वन्धनका कारण दैत्यहरू देवताबाट परास्त हुन पुगे। यसै धार्मिक परम्परालाई अङ्गाल्दै सत्ययुगमा कुनै पनि मानिस धर्म र कर्मबाट विचलित भएनन्। त्यसबाट विजय प्राप्त गर्न देवगुरूबाट रक्षाबन्धन बॉधिएको थियो। आज पनि दानवी शक्तिबाट रक्षित हुन , विचलित नभई सत् कर्ममा रहिरहन मानवहरू चाहन्छन््।
“ए हो र ?” बीचमा छोरा बोल्छ।
बाबु फेरि भन्दै जान्छन् ,”तागाधारीहरू लगायतका धार्मिक महत्त्व बुझेकाले गुरूद्वारा मन्त्रोच्चारण गर्दै यज्ञोपवीत (जनै)र रक्षावन्धन श्रावणी पूर्णिमामा धारण गर्छन्। यसरी नैतिक आदर्शमा रहेर कर्म गर्नेलाई सदैव सफलता मिल्ने भएकले धार्मिक विश्वासमा मन्त्रेको जनैफेरि डोरो बॉध्ने चलन छ। यो बॉधेको डोरोलाई लक्ष्मीपूजाको दिन गाईको पुच्छरमा बॉधी लक्ष्मी मानेर पूजा गर्छन्। यसों गर्दा मरेपछि बैतरिणी नदी सजिलै पार गर्न सकिन्छ भन्ने वैदिक मान्यता रहेकोछ। यी वाहेक नेपालको मधेस प्रदेशबाट भित्रिएको परम्परा राखी बॉध्ने हो। हाल प्राय सबै दिदीबहिनीले दाजुभाईका रक्षाका लागि नाडीमा राखी बॉध्ने चलन छ। “
“अनि” भन्दै छोरो सही थाप्छ।
बाबु भन्छन्, हेर बाबू ?“ अनि श्रावणी पूर्णिमाअधि जनसमुदाय खेती वा अन्य कर्म गर्दा वर्षादमा रूज्दा शरीरभित्र चिसो छिरेको हुन्छ। त्यही चिसो निकाल्न एघार थरीका गेडागेडी भिजाई उमारेर विविध गरम मसला हाली पकाएर श्रावण पूर्णिमाका दिन खानाले भित्रको चिसो निस्किई स्वस्थ होइन्छ भन्ने चरक संहितामा उल्लेख छ।
तर आज नजिकको छिमेकी चाईनाको तिब्बतमा भूकम्प गयो। तिव्वतको ह्लेन्दो ताल विस्फोट भयो । त्रिसुली र भोटेकोसीमा आएको भीषण बाड़ी आयो। कारण रसुवा, निवाकोट धादिङ , गोरखा,चितवन , पश्चिम नवलपरासी आदिका नदी किनाराको क्षेत्रमा रहेका सयौँ जनताको दुखद निधन भयो। करोडौँको भौतिक सम्पत्ति नष्ट भयो ! आज यो पर्व हैन शोकमा बदलिएको छ।“





