Categories: कविता

“रमाइलाे”


पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६ दाेलखा

लेखपढ रमाइलाे छ,
खेलकुद रमाइलाे छ,
याे धर्तिमा के रहेछ,
सुझबुझ रमाइलाे छ।

साथीसँग गफगाफ,
कुराकानी रमाइलाे छ,
रमाउन जान्नुपर्छ,
जिन्दगानी रमाइलाे छ।

नाना रङ्ग फूलहरू,
फूलबारी रमाइलाे छ,
लहलह धानबाला,
खेत टारी रमाइलाे छ।

स्याबासका तालीहरू,
आनिबानी रमाइलाे छ,
रमाउन जान्नुपर्छ,
जिन्दगानी रमाइलाे छ।

सबैजना मायाँ गर्ने,
परिवार रमाइलाे छ,
विद्यालय बाल रक्षक,
अधिकार रमाइलाे छ।

वनजङ्गल कलकल,
बग्ने पानी रमाइलाे छ,
रमाउन जान्नुपर्छ,
जिन्दगानी रमाइलाे छ।

घरखेत सकेकाे काम,
सघाउँदा रमाइलाे छ,
धुरूधुरू रूँदाखेरी,
फकाउँदा रमाइलाे छ।

हामी प्यारा बालबालिका,
आँखानानी रमाइलाे छ,
रमाउन जान्नुपर्छ,
जिन्दगानी रमाइलाे छ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शीतलता

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर आमा दमको रोगी छिन् । उनलाई घरिघरि स्याँ स्याँ…

2 days ago

सहासको रङ

नन्दलाल आचार्य ​"त्यो खिया लागेको ढोका बाहिर यमराज मुस्कुराइरहेको छ, बाबु, तिमी भित्रै बस !"…

2 days ago

ए नयाँ वर्ष !

दुर्गा घिमिरे फुङ्ग्री उडेको धुलो, घुम्मिएको महिलो आकाश, जताततै काला बादलहरू। साना–साना नानीहरूलाई तर्साउन बिजुलीका…

2 days ago

संस्कार

जानकी कर्माचार्य हरिसिद्धि, ललितपुर "सबै तयारी गरी सक्यौ ? " दिनेशले श्रीमतीलाई सोध्यो। आज आमाको…

2 days ago

“बैशाख”

गणेश आत्रेय मदनपोखरा,पाल्पा बैशाख आए नव लाग्छ साल। आनन्दको मौसम हालचाल॥ नाच्छन् खुशीले सब जीवजन्तु।…

2 days ago

आमाको माया

मातातिर्थ औसीको उपलक्ष्यमा तुलसी पण्डित भैँसीले छट्पटीदै भुइमा पाडो खसाल्यो । पाडो खसेपछि भैँसी र्याल…

3 days ago