सरु पनेरु
पल्लो घरकी काकीले पिनी मास गइन
आँट गरी गएँ म नघुमाई त भइन
आफूसँग क्षमता भए जस्तो कति नै
फनफन घुमाउन लाग्यो रहर अति नै
देखेको थेँ आमाले अन्न पिस्दा जाँतोमा
हिंड्छ क्या हो खुरुरु समाएसी हाताेमा
सुस्त सुस्त हाँसेर गएँ आमा नजिक
पोखिन्छ यो अन्नपात हात हालेर नझिक
मन मनै सोचेर आफैँ समाई रिँगाउन
ठोक्किएर जाँतो मै पर्यो आँखा भिजाउन।
सुमन कडरिया चितवन एउटा बिहान आमाले छोरीको अनुहारमा असजिलो भाव देखिन्। “के भयो नानी ?”…
शोभा कोइराला गर्मी जाऊ अब त अति भो मेघमाला खुलाई खोलानाला जमिन हरिया ग्रीष्मले छ्न्…
रमेशचन्द्र घिमिरे झिलिमिली इन्द्रेनीको रङ्ग जिउमा छरी हामीसँग खेल्न आऊ आकाशकी परी। हावासँग उड्दै मिठो…