Categories: बाल कथा

राजनीति

शुक्रराज कुँवर
धरान १०

दश कक्षा अध्ययन गर्दै गरेका जीवन र प्रकाश मिल्ने साथी थिए । जीवन सरल एवम् मेधावी छात्र थिए भने प्रकाश गुण्डागर्दीमा अग्रसर हुने झगडालु स्वभावको थियो ।
प्रकाश आफ्नो स्वभाव अनुसार पढन सकेन । उसले दशम कक्षा पनि पूरा नगरी बिचैमा पढाइ छोडिदियो । तर जीवन आफ्नो पढाइमा विशिष्टता हाँसिल गर्दै विदेशी भूमिबाट आफूलाई उर्जा विज्ञको रुपमा स्थापित गराउन सफल भयो ।
विदेशमा विभिन्न परियोजनाहरुमा काम गर्दा जीवनलाई प्रकाशको सम्झना आउने गर्दथ्यो । बिचरा ! दश कक्षा पनि पास गर्न सकेन , के गर्दै होला भन्ने लाग्दथ्यो । प्रकाश राजनीतिमा लाग्या छ रे, कुनै राजनीतिक पार्टीको झोले भएकोछ रे ,भन्ने सम्म उसले सुनेको थियो ।

जीवन अत्यन्त हर्षित थियो । आफ्नै देशले शुभारम्भ गर्न लागेको उर्जा सम्वन्धी एउटा वृहत परियोजनामा उर्जा विज्ञको रुपमा ऊ नियुक्त भएको थियो । आयोजकहरुले परियोजना शुभारम्भका लागि भव्य कार्यक्रमको आयोजना गरेका थिए ।
कार्यक्रम स्थल खचाखच थियो र त्यहाँ अन्य क्षेत्रका विज्ञहरुको पनि बाक्लो उपस्थिति थियो । सबैजना प्रमुख अतिथिको व्यग्र पर्खाइमा थिए । ढिलो गरेर प्रखुम अथितिको आगमन भयो जसलाई देखेर जीवन तीन छक परे । उसलाई उसको विज्ञताले गिज्याए जस्तो लाग्यो । उफ…! राजनीति ! उसको मुखबाट वितृष्णायुक्त शब्द निस्कियो । ती प्रमुख अथिति अरु कोही नभएर उसकै साथी , उर्जा मन्त्री प्रकाश थिए ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

22 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

22 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

23 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 days ago