“खेलिसकेर”

ध्रुवप्रसाद ढकाल

मलाई खेल्न जाऊ भन्छन्
लेखिसकेर।
लेख्न मन लाग्छ मलाई
खेलिसकेर।

स्कुल गयो स्कुलमा
सर कराउने
घर गयो बाबाआमा
घर कराउने।

मलाई पढ्न मन लाग्छ
खेलिसकेर।
आमा खेल भन्नुहुन्छ
पढिसकेर।

लेख्न खोज्छु मनको कुरा
लेख्न आउँदैन।
सबै भन्छन् अहिलेसम्म
पढ्न आउँदैन।

मलाई ठूलो हुन मन छ
पढ्न जानेर
मनका कुरा खुरुखुरु
लेख्न जानेर।

थाहा छैन पढ्ने लेख्ने
कहिले सकिन्छ
नखेले त खेल्ने कुरा
अहिले सकिन्छ।

मलाई खुसी हुन मन छ
खेल्न जानेर
खेल्नसँगै पढ्दै बढ्दै
लेख्न जानेर ।

सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

20 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

20 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

21 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago