माहेश्वरी भट्ट
बुबाले कहिल्यै नथाकी भनिरहन्थे — “स्याउ सधैँ हुन्छ, तर आँपलाई नै फलको राजा भनिन्छ।”
सानो छँदा नबुझिएला जस्तो लाग्थ्यो तर आज त्यो भनाइ नरेनको जीवनमा बजिरहेको थियो। नरेन अफिसको सबैभन्दा समयपालक र कर्मशील कर्मचारी थियो। कहिल्यै अफिस नछोड्ने, सधैँ काममा व्यस्त। तर उसले कहिल्यै ‘उत्कृष्ट’ भन्ने सम्मान पाएको थिएन।
“स्याउ जस्तो पो भएको छु म,” ऊ मुस्कुरायो—”सधैँ उपलब्ध तर मन नछुने।”
एक दिन अफिसको भित्तामा लेखिएको एउटा लाइनले उसको ध्यान खिच्यो—
“केवल उपस्थित भएर राजा बन्न सकिन्न, मिठास, ताजगी र आत्मा मिलेको प्रयास हुनुपर्छ।”
त्यो दिनदेखि उसले कामसँगै व्यवहारमा पनि परिवर्तन ल्यायो। उसले सानो हाँसो बाँड्यो, कोही निराश देखिए भने ढाडस दियो।
काम पुरानै थियो, तर उसको तरिका नयाँ। समय बित्दै जाँदा उसप्रति सबैको दृष्टिकोण बदलियो।
एक महिना नपुग्दै अफिसमा उसको नाम लिइयो—”हाम्रो प्रेरणादायी सहकर्मी: नरेन!”
एक जना साथीले खुसीसाथ भन्यो—”यत्रो समयदेखि त यही थियौ नि, फेरि अब मात्र सबैले चिन्ने ?”
नरेन हल्का हाँस्यो— “स्याउ सधैँ हुन्छ, तर आँपको मिठासले मात्रै दिल जितिन्छ।
त्यसैले त आँपलाई नै राजा भनिन्छ!”
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…