Categories: कविता

“राष्ट्र निर्माता”

अनन्तकुमार बस्नेत

हे ! पृथ्वी अति वीर धीर मनका उत्साहका भूपति
टुक्रेका गणराज्य एक बनिए पाएर तिम्रो गति
देख्यौ मार्ग सफा भविष्यतिरका हौ स्वप्न द्रष्टा तिमी
उच्चा साहस हौसला सँग बन्यौ नेपाल स्रष्टा तिमी।

गोर्खाली जनमा दियौ गहकिलो सन्मार्ग निर्देशन
फाटेका मन जोड्न नित्य कसियौ हौ एकताका मन
कास्की लम्जुङ गोरखा तिर घुमी बुझ्ने गर्यौ हालत
पीडामा जन देखिए तब भयौ अत्यन्त मर्माहत।

थुप्रै राज्य थिए यही मुलुकमा यौटा बनाऊँ भनी
जोहो शस्त्र र अस्त्रको पनि गर्यौ बन्नैछ योद्धा भनी
उम्दा राय लिई उता पर गयौ काशी पुग्यौ भूपति
ल्यायौ बारुद साथ बन्दुक सयौँ तर्वार चाहे जति।

देखी कान्तिपुरी सुरम्य नगरी उम्दा इरादा लियौ
त्यो चन्दागिरिमा बडो कठिनले सेना लिई उक्लियौ
टेकी भव्य उपत्यका शहरमा कब्जा गर्यौ कष्टमा
सिङ्गो देश बनाउने रहरमा होम्मेर सङ्कष्टमा।

हे ! पृथ्वी अहिले कुपात्र जनले टुक्रयाउँदै छन् थल
यस्तो लाग्दछ यो महा मुलुकले भोग्दै छ घाती पल
आऊ जन्म लिएर भूमितलमा भन्दै छ यो देशले
यो नेपाल रहन्न झैँ छ पृथिवी खोज्दै छ यो देशले।

सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

22 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

22 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

23 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago