Categories: कविता

“सलाम पृथ्वी अब सम्झिँदै छौँ”

घनश्याम रेग्मी

नेपाल निर्माण गरूँ भनेर
प्रयास कैयौं पटकौँ गरेर
यो देशलाई बलियो बनायौ
छ धन्य पृथ्वी घर यो सजायौ।

गोर्खासँगै कान्तिपुरी समेटी
बनाउने दिव्य विशाल ठाँटी
त्यो सोच तिम्रो जग भव्य लायौ
एकता सूत्र अहा! चलायौ।

साथै बसे भाइ हुनेछ जाती
र भाइ फाटे लुटिइन्छ थाती
तिम्रो थियो ज्ञान विचार अग्लो
यसै हुँदा देश बनेछ सग्लो।

टुक्र्याउने चाल हुँदै छ देश
तुहाउने खेल हुँदै छ भेष
चिन्ता छ यो देश हुँदै छ खण्ड
जुटे यही गर्न अनेक शण्ड।

तिम्रो महत्ता पुरुषार्थ बुझ्छौँ
सलाम पृथ्वी अब सम्झिँदै छौँ
आऊ तिमी शीघ्र यता झरेर
समस्त जालो गर दूर दूर।

सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

23 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

23 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

24 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago