Categories: कविता

“लक्ष्मी छोरी”


रमेश खकुरेल

सानी नानी धेरै ज्ञानी छिन्
आमाकी आँखाकी नानी छिन्
बानी धेरै धेरै राम्रो छ
साँचो बोल्ने चाला चाम्रो छ ।।

उठ्ने गर्छिन् प्रातःकालैमा
पूर्वी आभा खुल्ने वेलैमा
कोही आई भन्नै पर्दैन
के गर्ने हो बोल्नै पर्दैन ।।

जाडो होस् या गर्मी जस्तै होस्
पानी चीसो तातो कस्तै होस्
ताजा बन्दै झट्टै फर्किन्छिन्
पढ्ने जे छन् सारा उध्रिन्छिन् ।।

लिप्सा राम्रो लेख्नेमा गर्छिन्
छापाजस्तै पारामा लेख्छिन्
जे कक्षामा लाएका हुन्छन्
वेलामा नै सारा सिद्धिन्छन् ।।

भान्छामा आमालाई हेरी
सक्तो गर्छिन् भ्याएको छोरी
छोरी देखी आमा मुस्किन्छिन्
मेरी छोरी लक्ष्मी हो भन्छिन्।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

9 hours ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

10 hours ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

1 day ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

1 day ago

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

3 days ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

3 days ago