Categories: बाल कथा

लक्ष्मी


सोम कुमार सुब्बा
लिङ्दोक,पूर्व सिक्किम

घर मास्तिर गोरेटोमा मान्छेहरुको होहल्ला सुनेपछि धनेले हत्तपत्त टेबुलमाथी हेरे,स्टिलको थालमाथि स्टिलकै गिलासको कलश सजिएको थियो। छेवैमा माटोको दियो बल्दै थिए। उनले अस्कोटको भित्री गोजीमा हात छिराए, पलास्टिकको थैलो निकाले, खोले र पचास रूपया झिकेर कलश छेउमा राखे अनि मुसुक्क मुस्कुराए।
समय निकै बित्यो। गोरेटोको मान्छेहरु झरेनन्। उनी आसङ्कित भएर कान थापे। एउटाले आग्रह गर्दै थिए -“घर नछुट्याइ खेल्यौँ न।”
“छ्या! त्यस्तो झोपडीमा नखेलौँ।”अर्कोले सोझै कुरा काटे।
“दियो बल्दै छ त !” पहिलोले सुझाए।
“नाथे! एउटा बलेर हुन्छ ? उ त्यस्तो पो हुनुपर्छ !” भन्दै दोस्रोले मास्तिर औँलाए।
सबैले उँभो हेरे,मण्डलको घर तारा झैँ चमचमाइरहेथ्यो।
केहिक्षण उनीहरु मुखामुख गरेर एकैसाथ भने – “ल,त्यतातिर जाँउ।”
“त्यँहा लक्ष्मी पनि दह्रै मिल्ला नि!” भन्दै दोस्रोले औँलाहरु ख्यासख्यास पार्दै पैसाको इशारा गरे।
तत्क्षणै धने फुत्त बाहिरिए र सम्झाए – “बाबू हो! लक्ष्मी भनेको पैसा होइन है!”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

1 day ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

1 day ago

श्रावण १५

  हेमराज अधिकारी श्रावणको वर्षाले धर्तीलाई हरियाली दिन्छ, तर मानिसको हृदयलाई हराभरा बनाउने काम उसकै…

1 day ago

“गुरु पूर्णिमा”

लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…

2 days ago

गुरु

हेमराज अधिकारी सूर्यले बाहिरी संसार उज्यालो बनाउँछ, गुरुले भित्री चेतनालाई उज्यालो बनाउनुहुन्छ। जन्म दिने माता–पिताले…

2 days ago

माटोको ढिस्को

अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…

2 days ago