Categories: बाल कथा

“लायक छाेराे”

बिष्णु उप्रेती
भक्तपुर राधेराधे

सुमन ,बैठक काेठामा आयाे। एउटा केही लेखिएको कागजकाे टुक्रा र पैसा बाबुलाई दियाे।
माेहनले कागजकाे टुक्रा खाेलेर हेरे। लेखिएको थियाे –“माेहन जी, तपाईँलाई कलिकति लाज लागेन ? दस बर्ष भन्दा मुनीका बच्चालाई रक्सी किन्न पठाउन ? तपाईं आफू त कुलतमा फँस्नु भयाे, अब बालबच्चालाई पनि त्यही बाटाे सिकाउदै हुनु हुन्छ ? याद गर्नुस् ,केटाकेटीलाई रक्सी चुराेट किन्न पठाउनु गैरकानुनी र अनैतिक कुरा हाे।”


एकछिन पछि माेहन सर,कागजकाे टुक्राे देखाउँदै रक्सी पसलमा कराउँदै भन्दै थिए– “” हैन ,तपाईँ मलाई केकाे नैतिकता सिकाउँदै हुनुहुन्छ साहु जी ? तपाईँ गुरु हाे कि, रक्सी ब्यापारी ? तपाईँको काम बेच्ने हाे । पैसा लिएर किन्न आएपछि जाे सुकै आओस नी तपाईँलाई के मतलव ?”
“हैन ए माेहन सर तपाईँ याे के भन्दै हुनुहुन्छ ? साेचेर कुरा बुझेर मात्र बाेल्नुस् है। झुठो आराेप लगाउन पाँईदैन नी । न मेरा पसलमा काेही केटाकेटी रक्सी किन्न आएका छन्, न मैले कुनै कागजमा केही लेखेकाे छु । जानुस्, सहरका सबै रक्सी पसलमा यसरीनै कराउन ।” रक्सी पसले पनि जंगिए।
माेहन अँध्यारो अनुहार लाउँदै घर आएर छाेरालाई बाेलाए। छाेराे रुन्चे रुन्चे अनुहारलाएर डराउँदै बाबुका छेउमा आयाे।
छाेराकाे हातमा समातेर छेउमा तान्दै उनले भने –“छाेरा मलाई माँफ गर है। मबाट ठूलाे गल्ती भयाे। आजबाट म यस्ताे गल्ती कहिले गर्दिन । तेराे चतुर्याइँलाई मैले माने। तँ लायक छाेराे भएकाे रहेछस्। धन्यवाद तँलाई ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

55 minutes ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 hour ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 day ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago