Categories: बाल कथा

“लास्ट बेन्च”


ढाकामोहन बराल
पोखरा ७ मासबार , कास्की

विद्यालयमा धेरै हल्ला खल्ला हुन थालेको थियो । शिक्षक कक्षामा पसे पछि शान्त भएका विद्यार्थी शिक्षक निस्के पछि पुन: हल्ला गर्न सुरु गर्थे । बस्ने ठाउँको लागि ठेलमठेल गरि रहन्थे । सबै कक्षाहरुमा उस्तै समस्या थियो । ” आजभोलि बास बस्न लागेका कागले बाँसको घारीमा हल्ला गरे जस्तो धेरै हल्ला हुन थाल्यो । के भएको हो ? ” प्राचार्यले आफ्नो कार्यकक्षमा सबै शिक्षकको अगाडि भन्नु भयो । ” के गर्नु सर मिलाएर राख्यो । बेन्चमा बस्नको लागि ठेलमठेल गर्न शुरु गरिहाल्छ्न् । ” हरि सरले भन्नु भयो । ” डेक्स बरु अर्को आर्थिक वर्षमा किनौ , बस्ने बेन्च त सबै विद्यार्थीलाई पूरा गरौँ भन्ने सबैको सल्लाह भए भमोजिम खरिद गरेको हो । पुग्दैन र कुनै कक्षामा ? ” उहाँले भन्नु भयो । ” पुगेको छ तर के गर्नु , सबैले एउटै बेन्च ताके पछि ।” निर्मल सरले भन्नु भयो । कुरा नबुझेर प्राचार्यले सबैको मुखमा हेर्नु भयो । ” के गर्नु सर सबै विद्यार्थी मुख्य मन्त्री भएर सफल हुन चाहन्छ्न् । खरिदार भएर के असफल हुनु भनेर सबै लास्ट बेन्चमा मात्र बस्न खोज्दछ्न् । ” हरि सरले प्रस्ट पार्नु भयो ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

14 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

14 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago