Categories: कविता

“म नि सँगै जान्छु”

पुण्य घिमिरे

पानीलाई साेधें,तिमी कहाँ जान्छाै?
बग्दै उसले भन्याे, सागरमा जान्छु ।
हावालाई साेधें, तिमी कहाँ जान्छाै?
जहाँतहाँ जान्छु,पहाड ठक्कर खान्छु

घामलाई साेधें, तिमी कहाँ जान्छाै?
पूर्वबाट आउँछु, पश्चिमतिर जान्छु ।
फूललाई साेधें, तिमी कहाँ जान्छाै?
ढकमक फुली, फली भूईँ जान्छु ।

तारालाई साेधें, तिमी कहाँ जान्छाै?
रातभर टिलपिल, दिन आराम गर्छु ।
बटुवालाई साेधें, तिमी कहाँ जान्छाै?
पाईला चाल्दै चाल्दै, गन्तव्यमाजान्छु।

पानी फूल हावा, जे जे दिन्छाै खान्छु,
बटुवा घाम तारा, अर्ति देऊ मान्छु ।
तिमीहरू गएपछि, म त एक्लाे ठान्छु
साथी ठान मलाई, म नि सँगै जान्छु ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

15 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

15 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago