साउने संक्रान्ति, आज लुताे फाल्ने दिन
मधुसुदन प्रसाद घिमिरे
लैजा लैजा लुताे लैजा
भ्रष्टाचारिलाई आ हैजा
नागरिक झूक्क्याइ खानेलाई
काेर कुष्ठी भइजा।
उखान टूक्का झुक्क्याइ जा
पाए जति पुक्क्याइ जा
बिराेधमा बाेल्नेलाई
सात डाडा कटाइ जा।
महङ्गि भाे भान्सा मा
ग्याँस पाइप घर आइजा
भाेटेकाेशी बाढी आयाे
पानी जहाज चलाइ जा।
कार्यकर्ता नेतालाई
पुगि स्वरि आइजा
स्वाभिमानि नागरिक
हिँउदे जुका सुकी जा।
सङ्घियता घाडाे देश
खाेक्राे पारे छैन शेष
यस्तै चाला हाे भने
नागरिक्काे बिक्याे केश।
श्यामप्रसाद श्रेष्ठ “हे बाढी! तिमी आफ्ना पाइला रोक। हाम्रो बस्ती उजाड पारेर, खेतबारी र घरहरू…
मचिन्द्र खत्री फुट्छन् अझै हिमाद्रीका काखका ताल पोखरी। तात्दो छ अवनी नित्य बाँच्लान् मानिस के…
धनराज सिलवाल खेल्न हुन्न बाबु नानी पढ्नु पर्छ धेरै परीक्षामा सफल हुन लेख्नु पर्छधेरै। ज्ञान…
रमेशचन्द्र घिमिरे पुतली झैँ हुन पाए संसार यो चुम्थेँ बादल जस्तै चारैतिर रमाएर घुम्थेँ फूलबाट…
सालिक राम सत्याल खजुरा ३ बाँके श्रावणी पूर्णिमाको उज्यालो बिहान थियो। आँगनमा तुलसीको मठ सुगन्धले…