*
बाेधराज प्याकुरेल
खजुरा, बाँके
“तिमी त पुरै हरियो भएकी छ्याै त, साउने खेत जस्ती।”
सुनिताले घरमा आएकी सहरिया साथी विनितालाई हरियै सारी, हरियै चुरा र हरियै पाेतेले सजिएको देखेर भनिन्।
“साउन लागि सक्याे, तिमीले थाहा पाइनाै?” विनिताले कुइनाेसम्म लगाएकाे हातकाे मेहदी देखाउँदै भनिन् ।” थाहा नहुनै कुरै भएन बर्षा ऋतु हाम्रो लागि मानाे राेपेर मुरी फलाउने बेला हाे , बिर्सेर बर्षदिन के खानु ?” ” कति दुःख गर्छ्याै, खेतीपाती, तरकारीवारि,फूलबारी जताततै तिमी नै लछारीएकाे देख्छु। घर वरिपरि जताततै जङ्गल जस्तो छ।” विनिताले सहानुभूति देखाइन्।
“याे त गाउँलेकाे दैनिकी हाे । बारीमा काम नगरे के गरेर खानु ?” सुनिताले मुस्कुराउँदै भनिन्।
“तिमीलाई हरियो चुरा र पाेते ल्याइदिएको छु लगाऊ,साउनमा त लगाउनु पर्छ क्या ! ” विनिताले झाेलाबाट चुरा,पाेते झिक्दै भनिन्।
म त के साउन के पुस सधैं हरियो नै लगाउँछु । खान पनि हुने वातावरण पनि स्वच्छ र सफा हुने । हरियो चुरा,पाेते लगाएर के गर्नु ? यसले अक्सिजन पनि दिँदैन फल्दापनि फल्दैन ।” सुनिताले भनिन् ।
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…