केशवराज अधिकारी
पानीसरो गुह्येसरो
लुत्तेझार खोजी।
बेतलौरी कुरिलो र
सिरुपात रोजि।
कागती र सुन्तलाका
फल जोडा भैजा।
यो बर्षाको हिलो मैलो
लुत्तो लैजा लैजा।
खोजी ल्याएँ सिंउडी र
पातीसिठा सम्म।
आगनीको डिल भयो
सर्दामले टम्म।
अगुल्टा छन् अगेनोमा
सल्काएका ताजा।
चारै दिशा फ्याक्नु पर्छ
लुत्तो लैजा लैजा।
हटीजावोस् हुस्सु कुइरो
आकासको सारा।
दिन भरी घाम लागोस
राती जुन तारा।
शरीरका जुम्रा लिखा
परजीवी गै जा।
पीर बेथा निखारेर
लुत्तो लैजा लैजा।
राँको बाल्दै अगुल्टा त
फालौँ चारै तिर।
लाउनु पर्छ तिउरे पनि
अब के को पिर।
पूर्ब पश्चिम् उत्तर दक्षिण
जता जान्छस् गै जा।
अब यहाँ ठाऊँ छैन
लुत्तो लैजा लैजा।
ईशान सुवेदी कक्षा ११, बूढानीलकण्ठ स्कुल, काठमाडौँ "नाटक मानवीय अस्तित्वको साङ्केतिक चित्रण गर्ने माध्यम हो…
गणेश आत्रेय मदनपोखरा,पाल्पा भोटेकोशी किन कुपित भइस् गर्जिइस् उम्लिएर। बस्ती गाडी पुल सडक सबै ध्वस्त…
घनश्याम रेग्मी अन्यायको चिर्न चरक्क छाती श्रीकृष्ण आऊ बलराम साथी कर्तव्य शिक्षा मुरली स्वरेक दीक्षा…
सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…
धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…