Categories: बाल कथा

लोभी आँखा


हेमराज अधिकारी
सिक्किम-भारत

बोट्मा लटरम्म भएर पाकेको सुन्तला देखेर मेरा आँखा टोलाए । मेरो घाँटीले घुटुक्क थुक निल्यो। मुख भरिएर आयो। जिब्रो आतुर थियो । भुँडी खाली थियो। मस्तिष्कले सोच्न थाल्योकि यो त अरु कसैको हो। मनले कताकता डर लियो।तर आँखा लालायित थिए।
धेरैबेर मन र मस्तिष्कको मथिङ्गल मन्थनपछि खुट्टा सुन्तलाको बोट् तर्फ सक्सकाउन थाले। आँखा बाठा भएर चारैतिर छरपस्ट थिए।कोहि आइहाल्छकि भन्ने ठुलो डर थियो। आखिर मेरा खुट्टालाई सुन्तलाको बोट्मा पुग्न कुनैबेर लागेन। आँखाले काँडो देख्दादेख्दै हातले छाम्दै बोट्मा यो शरीरलाई चढायो।मन र मस्तिष्कको मथिङ्गल दुवै वादविवादमा हुदाहुदै यि दुष्ट हातले भकाभक सुन्तला टिप्न थाले। करिब आठ दस दाना टिपेर शरीरले तृप्त लियो। बोट्को फेदमा झुन्डिदै खुट्टा खुत्रुक्क जमिनमा झरेका थिए ।औंलाले अघि कतिबेला सुन्तला तासी सकेका थिए।जिब्रोलाई स्पर्श गर्दै सुन्तलाका केस्रा मुखमा खपाखप पसिसकेका थिए। भुँडी कम्ती खुशी थिएन । शरीर सबै तृप्त थियोे ।अकस्मात कसैको गतिलो झापढ् गाला फुट्ने गरि बजारिए।
” मैले छानेर बेच्न राखेको बोट्को सुन्तला चोर्न तँलाई लाज लागेन “?
अघि शुरुमै आँखाले काम बिगारेको थियो ।
अन्त्यमा ,तिनै आँखा धुरुरु रुन थाले।गालाबाट क्रमश आँसुका थोपा झर्दै थिए। यतिबेर सम्म मुख नबोलेको हुदा फ़ेरि अर्को झापढ् अर्को गालामा बजारियो। अगति हातका औंला मुस्किलले जोड्दै बिन्ती गर्यो।
” माफ गर्नुहोला । आँखा लोभी मन पापी “!

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

3 hours ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

3 hours ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

1 day ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

1 day ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

2 days ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

2 days ago