“देश घुम्न जाऔँ”


शिव पुन

हामी हाम्रो नेपाल , देश घुम्न जाऔँ
सँगसँगै मिलेर , मीठो गीत गाऔँ।

धौलागिरी माछापुच्छ्रे , उच्च सगरमाथा
तेन्जिङ हिलारी काे , महा वीर गाथा।

रारा फेवा तिलिचो , दाङ बाह्रकुने
सररर घुमि हेर्दा , साह्रै मन छुने।

चितवन बर्दिया , पश्चिम शुक्लाफाँट
बाघ भालु हात्ती गैडा , गरौ ठुलाे आँट।

काेशी नदि गण्डकी , हेरौँ कर्णाली
कर्णालीकाे स्वादै मीठाे , चाख्न पर्लानी।

काठमाडौं पाेखरा , पुगौँ सुर्खेत
इलाम धरान धनकुटा , गरौँ त्यही भेट।

दक्षिण तर्फ चारकाेषे , उत्तर उच्च हिमाल
सबै ठाउँ पुग्नु पर्छ , साह्रै राम्राे नेपाल ।

पशुपति स्वयम्भूनाथ , जाऔँ लुम्बिनी
स्वर्गद्वारी हलेसी , बराहक्षेत्र पनि।

मनकामना गाेरखकाली , देवी देउराली
बागेश्वरी देउती बजै , घुमौँ यसै पाली।

देवी – देउता महा-पुरुष , याे पुण्य भुमि
कस्लाई थाहा कस्ताे हुन्छ , अब अर्को जुनी।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

2 hours ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

3 hours ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

1 day ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

1 day ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

2 days ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

2 days ago