Categories: बाल कथा

लोलीपोप


सुरेशकुमार पाण्डे
दाङ घोराही १८

“बाबा हजुरलाई म ठूलो भएपछि कार किन्दिन्छु हस् ।” – चार वर्षिय पप्पुले काखमा बस्दै भन्यो। उसको राम्रैगरी अझै बोली फुटेको थिएन। त्यो उसको भनाई सुनेपछि विश्वराजको हाँसो छुट्यो। उनी खितिति हाँसे र उसको मुखमा अलिवेर नियाल्दै केही खोजे झैँ गरे। ” मेरो नट्खट् नातिको झुटा आश्वासनले पनि एकछिन मन प्रसन्न भयो।”-उनले पप्पुलाई चुम्दै भने। ” झुटा होईन बाबा साँच्चै किन्दिन्छु ; ठूलो भएपछि।”- उसले फेरी उस्तै प्रकारको आश्वासन् दिँदै भन्यो। यसपालि भने उनी हाँसेनन् अनुहार अलिक अँध्यारो भयो। केही सोंचे झैँ गरे। ” बाल आवाज मनको गहिरो भाव मिसिएको हुन्छ तर समयको साथ त्यो परिर्वतन् हुँदै जान्छ।”- विश्वराजले मनैमन भने । उनले यस्तै आवाज सुरूमा आफ्नो भाइको सुनेका थिए। ” दादा म ठूलो भए भने हजुरलाई बाईपंखी घोडा किनेर दिन्छु।” भाइको त्यो कुराले उनी धेरै खुसी भएका थिए। त्यसको केही वर्ष पछि उनको आफ्नै छोराले पनि त्यही कुरादोहोर्याएको उनलाई सम्झना भयो। जब उनी साइकलमा कामबाट घरमा फर्किन्थे छोरा उनको काखमा आएर अक्सर त्यस्तै सैलिमा भन्थ्यो ” बा हजुरलाई थकाई लाग्याछ साइकल चलाएर आउँदा । म ठूलो भएपछि हजुरलाई मोटर वाइक किन्दिन्छु है !”- उसले आफ्नो तोते बोलीमा भनेको थियो। आज उसैको चार वर्षिय छोरा पप्पुको मुखबाट सुनेको कुराले आफ्ना भाइ देखि छोरासम्मले दिएको बालपनको लोलीपोपको सम्झना ताजा गरायो। ” हजुल बा के भयो ?”- पप्पुले विश्वराजलाई नबोली बसेको देखेर घचघचाउँदै सोध्यो। ” हस् धन्यवाद ! मेरो प्यारो मिठ्ठो लोलिपाप ।”- विश्वराजले पप्पुलाई अँगालोमा कस्दै भने र चुप्प पारे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

12 hours ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

12 hours ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

2 days ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

2 days ago

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

3 days ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

4 days ago