Categories: बाल कथा

पर्खाइकाे फल मिठाे


होम सुवेदी

बालिका निना सानैदेखि जिज्ञासु थिई। उसकाे हरेक बिहान घरकाे आँगन सफा गर्ने रुटिन थियो। अनि करेसाकाे बिरुवामा पानी हाल्ने पनि। साथीहरूले खेल्न बोलाउँदा पनि ऊ काम सकेर मात्र जान्थी।
एक दिन आमालाई साेधी “सधैँ पानी हालेर पनि किन फूल फुलेन ममी ?”
“पर्खनुपर्छ । समय बित्दै जाँदा बिरुवा बढ्छ र एक दिन सुन्दर फुल्छ।”
आमाले सम्झाइन् । ऊ चूप लागी।
स्कुलकाे छुट्टीमा दस दिन मावला गएर फर्कँदा निनाका आँखा काेपिला लागिरहेका फूलमा परे । उसकाे अनुहार उज्यालियो।
आमाले धैर्य गरेर पर्खनुपर्छ भनेकाे कुराको अर्थ पनि उसले बल्ल बुझी । सानी भए पनि उसका दिमागमा कुरा खेले, “ममीले पर्खनुपर्छ भनेकाे यसै हैन रहेछ ।” अनि फूलका काेपिलालाई सुम्सुम्याउँदै खुसी पाउन पनि पर्खनै पर्ने रहेछ भन्ने टुङ्गोमा पुगी र पानी हाल्दै फुलसँग भनी, “अब फुलेकाे हेर्न कति पर्खनुपर्छ ?”
“अब भाेलिसम्म!”
उसलाई उसैका पछिल्तिर उभिएकी आमाले भनेकाे पनि फूलैले भनेजस्ताे लाग्याे अनि भाेलिपल्टकाे पर्खाइमा लागी।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

14 hours ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

14 hours ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

2 days ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

2 days ago

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

4 days ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

4 days ago