Categories: बाल कथा

वसन्त पञ्चमी


प्रार्थना खनाल जोशी
सुकेधारा, काठमाण्डू

सरस्वती पूजा कसरी गर्छन् आमा ? यसको महत्व के होला ? बिहानै छोरीले प्रश्न गरी ?
छोरीको प्रश्नमा आध्यात्मिक र संस्कृतिक गहिराइ लुकेको थियो। मैले उनलाई छेवैमा बसाएर  भनेँ, यो बसन्त पञचमीको दिनमा पर्ने भएकोले यस दिनलाई श्री पञ्चमी पनि भनिन्छ। माघ शुक्ल पञ्चमीलाई सरस्वती पुजनको दिन भनिन्छ। यो आजैको दिन पर्छ बुझ्यौ त ?
हाम्रो देश धर्म, संस्कार र संस्कृतिले भरिपूर्ण देश हो। ऊ मुस्कुराउँदै सुन्दै गई।
तिमीहरुलाई सरस्वतीको मन्दिरमा लगेर अक्षर चिनाएको बिर्सियौ?
छोरीले सकारात्मक भावले मुन्टो हल्लाई।
उनी विद्याकी खानी हुन्। उसले ठूलो ऑखा पल्टाउँदै जिज्ञासु पाराले मलाई हेर्दै र सुन्दै गई।
यस दिन सरस्वतीको आराधनाले पञ्चकर्म अभिवृद्धि भएर जान्छ। विद्या , बुद्धि ,विवेक प्रदान गर्ने विद्याकी अधिष्ठात्री प्रकट भएको दिन हो भनेर देवीभागवतले उल्लेख गरेको छ । महाकाली बलकीदेवी ,महालक्ष्मी धनकी देवी भएझैँ महासरस्वती विद्याकी देवी हुन्।
ऊ उत्सुकताका साथ प्रश्न गर्छे “,पृथ्वीलोकमा सरस्वती आउँछिन् त ?”
आउँछिन नि ! आस्था त हो ! उनको आराधना गर्ने विद्यार्थीलाई तथास्तु भन्दै शिक्षा प्रदान गर्छिन् भनी देवी भागवतमा उल्लेख गरिएको छ। यसदिन घरघरमा, मन्दिरमा, विद्यालयमा विद्यार्थी जम्मा भएर सरस्वतीको पुजन गर्छन्। यो दिनलाई शुभ दिनको रूपमा लिइन्छ।
नाक, कान छेड्ने, विवाह कर्म गर्ने काम पनि यसै दिन गर्छन् त ! पोहोर तिम्रो कान छेडेको बिर्सियौ ? उसले सकारात्मकरूपले टाउको हल्लाई।
यो दिनमा नागको पूजा पनि गरिन्छ। यस दिन सरस्वतीका भक्तले पूजा गरी ब्रत धारण गर्छन् र “ऊँ ऐ सरस्वत्यै नमः“ भन्दै जप पनि गर्छन् ।
बच्चहरूलाई अक्षरारम्भ गर्ने दिन पनि हो यो बुझ्यौ त !
यो दिन कामदेवको उत्पत्ति भएको दिन भएकोले पतिपत्नीमा अगाढ प्रेम बढोस् भनी कामदेवको अर्चना गर्ने दिन पनि हो। ओ हो ! यो दिन त शुभ कर्मकै दिनरहेछ हैन त आमा ?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

9 hours ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

10 hours ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

10 hours ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

1 day ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

1 day ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

1 day ago