बिन्दु पौडेल वस्ती
बसन्त ऋतु बोलाउॅदै
ज्ञानको दीप सल्काउॅदै
माघे शुक्ल पञ्चमी
कहिन्छ बसन्त पञ्चमी।
सफा शान्त मन्दिर
बढारी मिल्काऊ फोहोर
धोई पखाली गरी
सरस्वतीको फोटो धरी।
सफा शान्त ठाउँ
सेतो वस्त्र बिछ्याऊ
दीपक, धुप बाल
अर्पण गर फलफुल।
किताब, कलम अगाडि
गर प्रार्थना हात जोडी
बाँड प्रसाद सबैलाई
नगर अपमान कसैलाई।
किताब, कलम पूजा
अक्षर आरम्भ गराउँदा
शान्त राखे है मन
श्रद्धा र विश्वास स्वधन।
नकेर न च्यात पुस्तिका
लेखपढ गर सुविस्ता
नगर अल्छी कहिल्यै
तब खुसी देवी त्यहिल्यै।
ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…