Categories: बाल कथा

वातावरण दिवस

भूमिका गैरे, तिमिल्सिना
गैंडाकोट ४, नवलपुर

ए ! माइली जाने होइन । जाऊ जाऊ ढिला होला फेरि , सबै जम्मा भईसके होलान् । अहिले कराउलान । सीता त जाम भन्दै अघिनै गई सकी । हँ कस्ती रहिछे ? पर्खनु त पर्ने हो नि, नबोलाई गई है । केकेनै खाउँला जसरी जानुपर्ने ? माइली कराई ।
हो तनि, आज विश्व वातावरण दिवस हो रे क्या ! त्यही भन्दै थिई । त्यहाँ तल बाल शान्ति पार्कमा आज वृक्षारोपण कार्यक्रम छ रे ! ल चाडै गरेर आउनु भन्दै बाटैबाट कराउँदै गई ।विभिन्न जातिका बिरुवा रहेछन् । केही आँपका , केही लिचिका , केही कागतीका , केही बकाइनाका यस्तै अन्य अन्य …… । भद्र भलादमी उपस्थिति थियो । सबै मिलेर कसैले खाडल खनियो त कसैले बिरुवा रोपियो ?
जाने बेलामा सबैले एक एकओटा बिरुवा लिएर जाने आदेश सुनियो । मैले पनि एउटा लिचिको बिरुवा लिएर आएँ । आँगनको छेउमा मलजल गरी लगाएर यसो ठुस्स बस्न के भ्याकी थिएँ ? त्यतिकैमा रामशरण आएर ए ! भाउजू के गर्नु भएको यस्तो ? अब हेर्नुस् त बाटैमा लगाउनु भएछ । भोलि बाटोले फाल्दैन , कमसेकम पछाडि लगाएको भए हुन्थ्यो नि ? भने एकछिनपछि रमाले लौ के गर्नु भएको दिदी तपाईँले ? ल ! हेर अब बाटोभरि पात झरेर हैरान हुने भयो । कसले बडार्छ ? फेरि ठ्याक्कै तारको तल रहेछ । चड्कनीको डर त हामीलाई नै हुने हैन र ! भन्दै फत्फताई ।
मलाई आश्चर्य लाग्यो । हैन किन हो बिरुवा सार्न भ्याकी छैन । यस्ता अनेकौ टिका टिप्पणी सुन्नु पर्ने । आखिर यो बिरुवा हुर्केला, बढ्ला हाँगा बिङ्गा काटुला जे गरुँला गरुँला यिनका कति टाउका दुखेका हँ ? खै बिरुवाको महत्त्व बुझेको हरे शिव टाउकोमा हात राख्दै ?
” कति गाई जात्रे चाल चल्न सकेका यिनले ‘जो होचो उसको मुखमा घोचो’ भन्थे हो रहेछ ? “

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

24 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

24 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

2 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

2 days ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

3 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

3 days ago