दुर्गा पौड्याल
सफा थियो वातावरण आज फोहर भयो
ज्ञान बुद्धि भको मान्छे अज्ञानी पो भयो
बनाउँछन् प्लास्टिकका सामान अनेक थरि
मिल्काउछन् प्रयोग गरी ख्यालै नगरी।
धुलो धूवाँ उत्तिकै छ ,सासै फेर्न गाह्रो
विकासले वातावरण बिनासै नै पार्यो
कम गरौँ धूलो धूवाँ वनमा आगो नलाउँ
प्लास्टिक सामान उत्पादनमा रोक पनि लाउँ।
खोला कुला नदी नाला सबै फोहर पानी
पानी नै हो सबको जीवन भन्ने जानी जानी
पानी आउने मुहानहरु फोहर पार्नु हुन्न
सबैतिर सफा भए रोगले पनि छुन्न।
रुख रोपौँ अनेक जातका स्वस्छ हावा पाउन
रोग नलागे पर्दैन है अस्पताल धाउन
तिमी हामी सचेत भए सबै हुन्छ राम्रो
हराभरा स्वच्छ ठाउँ देशैभरी हाम्रो।
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…