Categories: बाल कथा

वातावरण


तुलसी पण्डित

हजुर बा आज स्कूलमा सरले भन्नु भएको कुराले म दङ्ग परेँ।
“के कुरा हो बाबु ?”
“वातावरणले पनि मानिसलाई प्रभाव पार्छ रे हो ?”
“होनि बाबु हो वातावरणले मानिसलाई प्रत्यक्ष रूपमा प्रभाव पार्छ।”
-“कसरी हजुरबा ?”
“हाम्रो गाउँ नजिकै ठूलो थारु बस्ती भएको कुरा तिमीलाई थाहा छ नि ?”
“हो हजुरबा म पनि त्यहाँ बेला बखतमा गइ रहन्छु ।”
“हो उनीहरूको पहिले आफ्नै संस्कृति थियो । महिलाहरू छोटो कछाड जस्तो बेरेर हिड्थे । खुट्टा र हातमा टाटु खोपीएको हुन्थ्यो । कतिपयले त जिउ भरी पनि टाटु खोप्थे । जसले गर्दा उनीहरूको रूप विरुप देखिन्थ्यो ।”
“किन त्यसो गरेका होलान् हजुरबा ?”
“त्यो उनीहरूको परम्पराबाट चलि आएको चलन हो । अझ उनीहरूको खुट्टामा चाँदीको मोटो कल्ली हुन्थ्यो । त्यस्तै घाँटीमा बडेमानको चाँदीको हार हुन्थ्यो । पाखुरामा पनि कल्ली जस्तै चाँदीको मोटो गहना हुन्थ्यो ।”
“के आजकल पनि त्यस्तो देख्न पाइन्छ हजुरबा ?”
“कहाँ पाउनु आजकल त्यस्तो । अहिलेकाले त टाटु पनि खोप्दैनन् । दामी दामी साडी ब्लाउज लगाउछन् ।”
“गहना नि हजुरबा ?”
“पहिलेको जस्तो गहना लगाउन छोडे । अहिले सुनका साना साना गहना लगाउछन् ।”
“अनि चाँडपर्व नि हजुरबा ?”
“चाँडपर्वमा उनीहरूको जिती पर्व र फागु पूर्णिमा मुख्य थियो । तर आज भोलि उनीहरू दशैँ तिहार पनि भव्य रुपमा मान्ने गर्छन् । टीका लगाउछन् । दशैँमा खसी ढाल्छन् । पहाडीयाहरूले मान्ने तीज मनाउछन् । पञ्चमी पूजा गर्छन् ।” “अचम्म भो यो कसरी सम्भव भो त हजुरबा ?”
“समयको चक्र सँगै उनीहरूको रैथाने जग्गामा पहाडियाहरूको बाहुल्य भयो । तिनै पहाडियाहरूको देखासिकी गरेर उनीहरूले आफूलाई परिवर्तन गरे । जसको प्रत्यक्ष प्रभाव थारू समाजमा अहिले देख्न सकिन्छ ।”
“हजुरबा राजनीतिमा पनि पहिलेकाले भ्रष्टाचार न गरि देश विकास गरेको भए अहिले पनि त्यस्तै अवस्था कायम रहन्थ्यो होला है ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

22 hours ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

23 hours ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

23 hours ago

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

2 days ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

2 days ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

2 days ago