Categories: कविता

“नेपाल चिनारी”


कोषवल्लभ रेग्मी

ठेकी कुँडे मुसल कोल ढिकी मदानी
हर्पे भुने र करुवा गरियो सिरानी।
जाँतो तुलो खडकुडो खुकुरी र मानी
नेपाल चिन्नुछ भने छ यही निशानी॥

पाथी र मानु छपनी तरबार खाँडो
नेती सरो चमर ओखल भात भाँडो।
चौठो पिपा कलम कप्पु खराउ घानी
नेपाल चिन्नुछ भने छ यही निशानी॥

दैलो सँघार सिकुवा टपरी र खाट
चौको चुलो र चँदुवा सुकुटी कबाफ।
भाला छुरा र हसिया खटपाल जानि
नेपाल चिन्नुछ भने छ यही निशानी॥

ढ्याङ्ग्रो गजो धुपउरो अनि घण्ट थाली
पाटी अनौ हरिस नार हलो र फाली।
गाग्री हतौर बटुकी पुनिऊ ितलानी
नेपाल चिन्नुछ भने छ यही निशानी॥

चिण्डो र सेप्रु किनिमा डबका अचार
पासा जुवा गुरुगुटी अनि बाघचाल।
कल्ली चुरी रिबन बाइँ नभुल्नु नानी
नेपाल चिन्नुछ भने छ यही निशानी॥

टुङ्ना धिमे डमरु मादल ढोल डम्फू
खोपो खुगी पलङ पाल धुसा र बख्खु।
चर्खा र तान लकुनी घुम घामपानी
नेपाल चिन्नुछ भने छ यही निशानी॥

कैँची कुटो करकसो ठटरी सनासो
ऐना पकेट पटुका जिउँती हतासो।
तोङ्बा निगार झिझरी अनि तीनपानी
नेपाल चिन्नुछ भने छ यही निशानी॥

धोती कछाड पटुकी दउरा लगौटी
दाम्लो किलो र झिकुवा गबुवा दुधेरी।
सिन्दूर माउर तथा शुभलग्न पानी
नेपाल चिन्नुछ भने छ यही निशानी॥

गाई गुराँस तुलसी अनि चन्द्रहार
औशी-कुशे तिज महान दशै तिहार।
कस्तो अहो!मिलनको छ शुसभ्य बानी
नेपाल चिन्नुछ भने छ यही निशानी॥

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

22 hours ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

23 hours ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

23 hours ago

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

2 days ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

2 days ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

2 days ago