कृष्णशरण उपाध्याय पौडेल
छन्द : तोटक
विजया – दशमी शुभ – मङ्गल होस्
सुखरूप सुधा – जल कल्कल होस्।
परदेश हुने घर आइदिऊन्
सब नाचिदिऊन् अनि गाइदिऊन्
मन शान्त सुखी अझ शीतल होस्
विजया – दशमी शुभ – मङ्गल होस्।
वर का पर का घरवार जुटून्
परिवार – सदस्य कुनै नछुटून्
सब बीच खुशी अझ अब्बल होस्
विजया – दशमी शुभ – मङ्गल होस्।
जनता सब विज्ञ सशक्त बनून्
धरतीतल का प्रिय भक्त बनून्
घर – आँगन मा हँसिलो पल होस्
विजया – दशमी शुभ – मङ्गल होस्।
भय भोक र शोक समस्त हटून्
सुख शान्ति समृद्धि प्रशस्त बढून्
हर मानव को मुख उज्ज्वल होस्
विजया – दशमी शुभ – मङ्गल होस्।
गरियोस् पशु माथि दया गहन
नपरोस् तिनले भय मा रहन
जन मानस को मन कोमल होस्
विजया – दशमी शुभ – मङ्गल होस्।
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…
ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…