हरि केर्काली
पिलिक-पिलिक बल्दै आउँछिन्
सानी जुनकिरी
यताउति यताउति
गर्छिन् घुमीफिरी।
मधुराे छ बत्ति यिनकाे
छ्याङ्ङ देखिंदैन
कति राम्री हाेलिन् कुन्नी
भन्न सकिँदैन।
कहाँ हुन्छिन् दिनभरि
के खाएर बस्छिन् !
खुलै हुन्छिन् बाहिर कि
दुलाभित्र पस्छिन् ?
कस्ताे हुन्छ घर यिनकाे
कस्ताे हुन्छ जीवन
कस्ता कस्ता खाना खान्छिन्
कस्ताे हुन्छ नि मन ?
काे छ हाेला राम्राेसँग
जान्ने यिनलाई
लाैन, यिनकाे आनीबानी
बताइदेऊ न मलाई ।
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…