Categories: बाल कथा

विडम्बना


भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर

“किन, ढिलो भएन ?” आमा कराउँनुभयो ।
विएलइको परीक्षा नजिकिएको छ, बिहान बेलुका ट्युसन जानुपर्ने हुन्छ, दिउँसो विद्यालय धपडी त्यस्तै छ । आरामले खाने, खेल्ने, घुम्ने फुर्सत् छैन । राम्रोसँग पढे नतिजा राम्रो आउँला नत्र भन्न सकिन्न । दौँतरीलाई जित्नु छ, प्रतिस्पर्धा पनि बेग्लै छ ।
उषा र कला मिल्ने साथी हुन्, उनीहरू एकछिन छुट्टिदैन्थे । बाहिर मिलेता पनि पढाइको विषयमा मौन प्रतिस्पर्धा चलिरहन्थ्यो । प्रतिशत हेरिन्थ्यो, यद्यपि मिलाप भने बेजोडको थियो ।
“आफूलाई ट्युसन जान ढिला भइसक्यो, साथीहरू कुर्दैनन् के ? म गएँ है, आमा !” उषा कराई, गई।
दुबैसङ्गै जान्छन्, पढेर घर फर्कन्छन् । कलाको घर बाटैमा पर्छ, ऊ बिदा हुन्छे, जान्छे । उषाको घर केही टाढा पर्छ, सुनसान, बस्ती नभएको बाटो कट्नु पर्ने हुन्छ ।
आमा सदा झैँ खाना बनाएर काममा निस्कनुभयो । बेलुका घरमा आउँदा छोरी घरमा हुँदिनन् । बोलाउँनुभयो,”उषा ए उषा, कहाँ गई, छैन,आएकी छैन, अझै ?” कराउँदै घर धन्दामा अल्झिनुभयो । झमक्क साँझ पर्यो, बत्ती बाल्नुभयो, सोधखोज गर्न थाल्नुभयो । कलालाई फोन लगाउँनुभयो, “तिमी कहाँ हो,खोई उषा, अहिलेसम्म आएकी छैन, कहाँ छ ?” एकै सासमा सोध्नुभयो।
“अहँ छैन, आज दिउँसो विद्यालय पनि आइन् , किन हो, कहाँ गई र ?” कलाले प्रतिप्रश्न गरी, अन्जान बनी, आफैँ अन्योलमा परी।
गाइँगुइँ चल्यो, छिमेकी जम्मा भए, आफन्तकोमा खबर गरियो, बुझियो । पत्तो लागेन, कोही कता त कोही कता लागे, खोज्न थाले ।
समसामयिक परिवेश नियालेर एउटाले भन्दै थियो, “मान्छे विवेकशून्य बन्दैछन्, बढेकी चेली, अप्रिय घटना नघट्ला भन्न सकिन्न ।“ वरिपरि खोजे, केही सुइँको पाएनन । अनेक शङ्का उपशङ्का उब्जिएको थियो । मनमा डरले बास गरिसकेको थियो । उसले फेरि थप्यो, “हुनत तीन वर्षको बालिका सुरक्षित छैनन् देशमा, बलात्कारका घटना दोहोरिएका छन, यौन दुर्व्यवहारका घटना आइरहेका छन् । राज्यले कडा कानुन नबनाउँदा अपराधी मौलाएका छन, कहिलेसम्म नारी भएकै कारणले अकालमा मर्नुपर्ने हो, केही भन्न सकिन्न ?” उपेक्षा भरिएको गह्रौ स्वरमा ऊ गुन्गुनायो । राज्यप्रणालीको निन्दा गर्यो।
त्यतिकैमा अर्कोले खबर ल्यायो, आत्तिएको थियो, हड्बडाएको स्वरमा बोल्यो, “तल्लो फाँटको झाडीमा आँखामा पट्टी बाँधिएको अवस्थामा एक किशोरीको शव भेटिएको छ, सनाखत गर्न जानुपर्यो ।“ प्रहरीलाई खबर गरे, सबै उतैतिर लागे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

26 minutes ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

37 minutes ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago