Categories: बाल कथा

विडम्बना


अम्बिका धिताल
नमोबुद्ध न.पा.८ काभ्रेपलाञ्चोक
हाल भक्तपुर कमलविनायक

यतिसम्म छ समाजमा जस्तो लागेकै थिएन। यसको भेउ के होला ठान्दै म श्रीमान र छोरी बसेको कोठामा पुगेँ। श्रीमानको आवाज आयो, “आज किन तरकारीमा नुन नपुगेझैँ छ त अनुहार के भयो ?”
“यो लेख पढेर मलाई दिक्क लाग्यो ।” म नबोली बस्न सकिन।
“के रहेछ र त्यस्तो अनुहार नै बिगार्नु पर्ने सुन्नपाए हुन्थ्यो नि !” बुढा उत्साहित हुँदै बोल्नुभयो।
“छोरी मान्छेलाई महिनावारी हुँदा चुलोचौको र मन्दिर जान रोक लगाइएको,प्रसङ्गसहित एउटी नारीलाई छाउपडी गोठमा राखेको समयमा जङ्गली हात्तीको आक्रमणमा परेर ज्यान गुमाएको कुरा छ। अहिलेको यस्तो शिक्षित समाजमा पनि कस्तो बिडम्बना क्या।” मैले यथार्थ ओकेलेँ।
“यस्ता घटना हुन्छन् कतैकतै । छोड्देऊ बरू एककप तातो चिया खुवाउन।” उहाँले प्रसङ्ग बदल्नुभएकाले म झर्किएरै बोलेँ, “दिमाख नै तातेको बेलामा के चिया पिलाउनु ? साक्षर घोषणा भएको जिल्लाको हालत यो छ।”
उहाँ मुख बिगार्दै बोल्नुभयो, ”छोड्देऊ क्या ! स्थानीय सरकार छ । गरिहाल्छ नि केही।”
“त्यही स्थानीय सरकारको कुरा पढेर त मनमा आँधीबेहेरी चलेर म यहाँ आएकी ।” म बोलेँ।
उहाँले अनुमान लगाउनुभयो, “के गरेछ स्थानीय सरकारले ? घर घरमा गई जनचेतना जगाउने र अनुगमन गर्ने अनि कसैले छाउपडी गोठमा महिलालाई राखेमा कानुनबमोजिम कारबाही गर्ने कुरा त होला नि । राम्रो गरेछ । अब चाँडै अन्त्य हुन्छ यो प्रथा।
हत्तनपत्त म बोलेँ,“त्यसो भएको भए त घाम लागिहाल्थ्यो नि मुहारमा। स्थानीय सरकारले छाउपडी गोठमा राखेको समयमा महिलाको मृत्यु भएमा दस लाख दिने घोषणा गरेछ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

15 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

15 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

15 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 days ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 days ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

3 days ago