Categories: कविता

“विद्यार्थीहरूप्रति”


आत्माराम न्यौपाने

तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य
तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व
खुट्टा साना नरमपनका जित्दछन् वायुपङ्खी
साना नै छौ तर बल गरे पाउँछौ सप्तरङ्गी।

धम्की देलान् तँ तँ म म गरी च्याप्प घाँटी समाई
हेप्लान् कोही तृणसरि गनी देश नेपाललाई
तिम्रो छाती कसरत गरी वज्र जस्तो बनाऊ
त्यस्ताखाले रिपुजनहरू लात हानी भगाऊ।

ठूलो बन्दा मनवचनले सानुलाई नहेप
हौ उद्योगी अपितु कहिल्यै बाबुआमा नबेच
हाम्रो जस्तो भुवनभरमा देश दोस्रो नखोज
मर्ने बेला अझ बहकिँदै धर्म अर्को नरोज।

एक्लो धर्ती मनुज र अरू जीवको हो सहारा
मायाँ गर्नू पवन जल वा बोटवृक्षादि सारा
कालो तिम्रो मन यदि भए वेद पढ्दै पखाल
ज्ञानी बन्दै हृदयतहमा बुद्ध झैँ दीप बाल।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“गुण”

ह्रदय लेकाली बोल्दैन लाटो जब बोल्न थाल्छ ढुङ्गा र माटो पनि बोल्छ थाल्छ त्यो जून…

3 minutes ago

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

24 hours ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

1 day ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

2 days ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

2 days ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

3 days ago