सुमन कडरिया
चितवन
विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी सम्मान कार्यक्रम सुरु भयो।
कार्यक्रम प्रस्तोताले उद्घोष गरे, “आज हाम्रो विद्यालयका पूर्वविद्यार्थी एवं हाल विभिन्न क्षेत्रमा सेवारत व्यक्तित्वहरूलाई सम्मान गरिँदै छ।”
एकपछि अर्को नाम वाचन भयो। पूर्वविद्यार्थीहरू मञ्चमा पुग्दै सम्मान ग्रहण गर्थे र ड्यासमा आसीन हुन्थे। तालीको गडगडाहटले सभाहल गुञ्जायमान बन्यो।
केहीबेरपछि प्रस्तोताले एक प्रतिष्ठित पूर्वविद्यार्थीको नाम वाचन गरे। उनी मञ्चमा पुगे, सम्मान ग्रहण गरे । माइक समाते र बोल्न थाले, “मैले जीवनमा धेरै परीक्षा दिएँ। प्रमाणपत्र पाएँ । पद र प्रतिष्ठा पाएँ। यो पाउनुको पछाडि मेरो जीवनमा एक गुरुको आशीर्वाद रहेको थियो । उहाँलाई सम्मान गर्न सकेँ भने म मेरो जीवनको सबैभन्दा ठूलो परीक्षा उत्तीर्ण हुन सक्नेछु ।”
उनी मञ्चबाट ओर्लिएर सरासर एक बृद्ध व्यक्तिको अगाडि पुगे जो साधारण पहिरनमा दर्शकदीर्घाको कुनामा बसेर अघिदेखि चुपचाप कार्यक्रम नियालिरहेका थिए।
माहोल एकाएक शान्त भयो। उनले ती बृद्ध व्यक्तिको अघिल्तिर पुगेर उनको गलामा सम्मानको माला पहिराइदिए। शिर झुकाएर अदवताका साथ भने – “गुरु, हजुरले मलाई अक्षर मात्र सिकाउनुभएन, मान्छे भएर बाँच्न पनि सिकाउनुभयो।”
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…