Categories: कविता

“विद्यार्थी”


शान्ति सिग्देल

विद्यार्थीले नाम राम्रो कमाई
लाखौँ राम्रा सिर्जनामा रमाई
झूटो बोल्ने सोच सारा भगाई
लेख्छन् पढ्छन् दिव्य बानी समाई।

साना नानी देशका कर्णधार
चाँडै सिक्ने जोसिला शिल्पकार
पन्छीलेझैँ गीत गाई रमाई
उफ्रिन्छन् ती हात हाम्रा समाई।

आफ्नो कोठा बिस्तरा साफ गर्छन्
यो धर्तीमा कर्मको बीज छर्छन्
आज्ञाकारी बन्दछन् मिल्छ ताली
शिक्षा आर्जी चेतना दीप बाली।

साथी सङ्गी खेल्न जान्छन् मिलेर
कोरी बाटी चट्ट राम्रा बनेर
छेलो हान्ने खेल खेल्छन् कसैले
चङ्गा जस्तै उड्न खोज्छन् कसैले।

मीठो बोल्छन् शुद्ध पीयूष पोखी
पानी जस्तै बग्न खोज्छन् नरोकी
आफ्नो गोडाबाट आफैँ हिँडेर
नाच्छन् सेता टाकुरामा पुगेर।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

2 days ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

2 days ago

श्रावण १५

  हेमराज अधिकारी श्रावणको वर्षाले धर्तीलाई हरियाली दिन्छ, तर मानिसको हृदयलाई हराभरा बनाउने काम उसकै…

2 days ago

“गुरु पूर्णिमा”

लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…

3 days ago

गुरु

हेमराज अधिकारी सूर्यले बाहिरी संसार उज्यालो बनाउँछ, गुरुले भित्री चेतनालाई उज्यालो बनाउनुहुन्छ। जन्म दिने माता–पिताले…

3 days ago

माटोको ढिस्को

अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…

3 days ago