Categories: बाल कथा

“चेत”


मिसु श्रेष्ठ

“खाजा खानुपर्ने समयमा खाना ! समयमा खाने गर न बाबु । उमेर बढेसँगै रोगहरू पनि बढ्न थालेका छन्। हिड्नु छैन, पसिना आउने काम छैन। अनुहार हेर्छु मभन्दा बूढो भयौ कि जस्तो लाग्छ ! आमा विस्मित् बोलिन्।
“बिदामा साथीभाइसँग मन बहलाउन निस्क्यो। ऊ थपिँदा ऊ थपिँदा समय गएको पत्तै हुँदैन। अनि,रुपा देख्दिन त?”
“खै! ऊ पनि । कहिले कहाँ जान्छे , कहिले कहाँ ? मिटिङ्ग छ, खाना खान नपर्खनु भनेर गकी आइपुगिन। अघिपछि अफिस.. बिदामा कहिल्यै घर बस्दिन।”
“हैन ,कति मिटिङ्ग रहेछ ! शनिबारै पिच्छे। गाँस निल्दै बोलिसक्दा रमेशको अनुहार रातो पिरो भयो।”आमाले लोरी मिलाउँदै बोलिन्- “हाम्रा पाला झैँ घाँस दाउरा , घर, खेतीपाती छैन। अचेलका आइमाईहरू !”
“के भयो र आमा नबस्नु भएर? सबेरै घरधन्दा सकाउनुभयो। हजुरले खाँदै गर्नुभएको खाना समेत पकाएर जानुभएको हो। हजुरचाहिँ अफिस जाने बाहेक अरु मेरो काम हो भन्ने नै ठान्नुहुन्न! आमालाई कति कराउनु हुन्छ?
पढ्दापढ्दैको किताबमा औँला राख्दै छोरी कराई।
“यसको बिहेको कुरा गर्न लागेको ,झर्कन थालेकी छे।” छोरी प्रतिको स्नेहले मन्द मुस्कुरायो रमेश।
“अस्ति कुरा आएको कहाँ पुग्यो नि?”
“राम्रै जस्तो छ । हाम्री राजकुमारीलाई महारानी बनाएर राख्ने जुवाँइ चाहियो नि! होइन ? छोरीलाई जिस्काउने अभिप्रायले आँखा सन्काउँछ।
“पत्नीलाई दासत्वको मानसिकताबाट हेर्न नछाडेसम्म छोरीलाई महारानीको रूपमा हेर्न कसरी सकिएला र बुबा?” छोरी खिन्नता ओकली।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

5 hours ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

5 hours ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

5 hours ago

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

1 day ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

1 day ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

1 day ago