टीकाराम जोशी
इमाडोल
“हेर मैले तिमीहरूलाई के ल्याइदिएको छु।” लालुप्रसादले भने।
रश्मी दगुर्दै बुवाको काखमा पुगी।
“खै !खै ! मेरा लागि बुवाले के ल्याउनुभएको रहेछ ?” रश्मी निकै उत्साहित थिई।
राजु भने बेखबर थियो। ऊ मोटर गुडाउनमा व्यस्त थियो।
लालूप्रसादले झोलाबाट दुईवटा पोका झिके।
“यो तिम्रा लागि ।” उनले एक पोको रश्मीलाई दिए।
आज रश्मीलाई अर्को पोकोमा बढी रूचि थियो।
“मलाई त्यो पोको दिनुस्न बुवा ।” उसले अर्को पोकातिर इसारा गर्दै भनी।
दिदीको स्वर राजुको कानमा पर्यो। ऊ चील झैॅ पोकोमाथि झम्टयो।
“म तिमीलाई यो दिन्न।” राजुले भन्यो।
रश्मीले मनमनै सोची। मेरा लगि खेलौनामा जहिल्यै पुतली, भालु , कुकुर, बिराला र भाइलाई हिँड्ने मोटर, रेल, हवाई जहाज,यन्त्र मानव । आज ऊ जे भएपनि पछि नहटने बिचारमा थिई।
“म पनि वैज्ञानिक बन्न सक्छु बाबा।” रश्मीको स्वरमा बिद्रोह झल्कियो।
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…