Categories: बाल कथा

वेदका मन्त्र

खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही

`बाबु आगो र आमा पानी हुनुपर्दोरहेछ बुढा ।´ दैलातुङ्ग फाँटमा दिनेशलाई उनकी पत्नी कमलाले छोराछोरीले सुन्ने गरि भनिन् ।
`हो त नि,मलाई त्यो थाहा थियो। तिमीले छोराछोरीलाई मायालु शब्द प्रयोग गर्नुपर्छ। जे चाहन्छन् त्यो तत्कालै पुर्याउनु पर्छ भनेपछि मैले तिम्रो निर्देशन मानेको हुँ। त्यसो नगरे तिम्रो रुप महाकाली हुने पक्का थियो ।´ दिनेशले आफ्नोे पीडा बताए ।


`अनि पछि सुधारे भइहाल्थ्यो नि।किन त्यसो गर्नु भएन।दोष जति मेरो टाउकोमा हाल्ने तपाईंको बानी कहिले जाला खै!´ कमलाले झर्कदै भनिन् ।
दिनेशको भनाइ रह्यो ` समय व्यतीत भइसकेपछि सुधार असम्भव हुन्छ नि। समयलाई बेलैमा नचिनेकाहरु टाउकोमा हात राखेर पछुताएका मानिसहरु तिम्रै आँखाले कति देखेकी छ्यौ कति! अनि भन त कसरी आज तिमीलाई शुरुको ब्रम्हवाक्य फुर्यो?´
कमलाले भनिन् ` माझाघरे हरिबाबुले आफ्ना छोराछोरीलाई सधै गाली गरिरहेको देखेको थिएँ। उनीहरूले चाहेको कुरा बेलैमा कुनै कुरा पाउँदैनथे। तर उनैका सवै छोराछोरीहरु उच्च ओहदामा पुगे।हाम्रालाई के के न माया गरियो ।सधै जहाँको तहीँ। गरिखाने भएनन्।´
दिनेशले सोधे ` मेरो जिज्ञासा मेटाइनौ त,के कुराले तिम्रो तेस्रो नेत्र खुल्यो , भन त ?´
कमलाले भनिन् ` आज कुसे औँशीमा बाबुको मुख हेर्न आएका उनका जेठा छोरालाई सोधेकी थिएँ, तिमीहरूका बा ले सधैं गाली मात्रै गर्नु हुन्थ्यो ,मीठो खान र राम्रो कपडा किनीदिन पनि कञ्जुस्याई गर्नु हुन्थ्यो कसरी प्रगति गर्यौ सवैले ?”
दिनेशले सोधे ` उसले के जवाफ दियो त तिमीलाई?´
कमलाले जानकारी दिइन्` उसले मलाई भनेको थियोे ,बाबुको गाली त वेदका शक्तिशाली मन्त्र हुन् नि ! उहाँले त्यसरी गाली नगरी रहनु भएको र अनावश्यक फुरमास गर्न पाएको भए हामी सधैं कुवाका भ्यागुता हुनेथियौँ ।´

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

19 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

20 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

2 days ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

3 days ago