Categories: बाल कथा

गुलियो माया

रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

जेठो छोरा ट्याक्सी रिजर्भ गरेर बालाई भेट्न सपरिवार बिहानै आइपुग्यो । बालाई खादा लगाइदियो, ढोगिदियो र स्याउ टक्र्यायो । घरमै बसेकी कान्छी बुहारीले स्याउ काटेर भाग लगाई । गुलियो स्याउ चाख्न पाएर बा खुसी भए ।
माहिलो छोरो मोटरसाइकलमा आयो । माहिलो छोराले ल्याएको गुलियो छोडा टोक्न पाएर बा मक्ख परे ।


छोरीहरू बालाई भेट्न बस चढेर आइपुगे । जेठी छोरीले ल्याएको गुलियो मिस्री र सुन्तला चुस्न पाएर बा फुरुङ्ग भए अनि कान्छी छोरीले ल्याइदिएको गुलियो लड्डु, पेडा खान पाएर बा रमाए ।
३६४ दिन नै बालाई पालेर बसेको कान्छो छोराले कहाँबाट के ल्याइदियोस् ! नुहाइधुवाइ गरिसकेर बाको हातबाट टीका लगायो र आशीर्वाद थाप्यो । बाले खुट्टा तेसारे र ढोग पाए ।
कान्छाको परिवारले सबैलाई गच्छे अनुसारको भातभान्सा गराए । घरको सुसेधन्दामा कान्छो एकछिन व्यस्त हुनुपर्यो । कान्छो छोराको अनुपस्थितिको मौका छोपेर बाको मुख हेर्ने दिनमा आइपुगेका अरू छोराछोरीले बालाई उक्साए, बालाई एकछिन एकान्त गराए । बाले सुखका भन्दा पनि दुःखकै कुरा बढी ओकले अनि सहानुभूतिको महसुस गरे ।
`बाले दुःख पाउनुभएछ, बाको बिजोक भएको रहेछ´ भनेर अरू छोराछोरीले साउती मार्न समेत भ्याए । एकछिनको पाहुना बन्न आएका ती छोराछोरीसँग साखुल्ले पल्टेर बाले `बेलाबेलामा आइराख्नु पर्छ है ?´ भनेर आँसु चुहाए । `कामको व्यस्तताले सधैँ आइरहन कहाँ पाइन्छ र बा ! अब एकैचोटि दसैँमा मात्रै आइन्छ ।´ अरू सबैको साझा उत्तर यस्तो थियो ।
त्यो दिन बाको अनुहार अरू छोराछोरीसँग खुसी र आफूसँग बेखुसी जस्तो देखिएको अनुभूत कान्छो छोराले गर्यो ।
जर्रो भात, नुनिलो दाल, कोक्याउने गाभा, पिरो तरकारी, तितो करेला र अमिलो मोही खुवाएर बालाई वर्षौँ पालेको कान्छो छोराले मनमनै सोच्यो,`साँच्चै मैले बालाई गुलियो खुवाउन नसकेकै रहेछु ।´

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

21 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

21 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

2 days ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

3 days ago