शारदा दहाल
मोरङ
“भन्नुस् त कसलाई थाहा छ सफलता भनेको के हो?”
गुरुआमाले ‘सफलता प्राप्ति ‘शीर्षकको पाठ बोर्डमा लेखेर मुस्काउँदै बालबालिकालाई सोध्नुभयो।
सबैले उत्सुकतापूर्वक आफ्ना बुझाइ प्रस्तुत गरे।
“हो, स्वाबास ! सफलता ब्यक्तिपिच्छे फरक हुन्छ । जो जहाँ छ,समयसापेक्ष उपल्लो तहमा बढ्दै जानू नै सफलता हो।
जस्तो: अहिले तपाईँहरू कक्षा आठमा पढिरहनु भएको छ अर्को साल अझै राम्रो जि पि ए ल्याएर कक्षा नौ मा जानु, अतिरिक्त क्रियाकलापमा अझै सक्रियता देखाउनु र उन्नतिको सिँढी चढ्दै जानु जस्ता सकारात्मक अभिबृद्धि नै सफलता हो।”
प्रशस्त उदाहरणसँगै सबैलाई सोध्नुभयो । सबैले बुझेको भाव दर्शाए। घण्टी नै पिच्छे कुटाइ खाने राकेश भने छट्पटी गरेर पढाएको कुरामा बेवास्ता गरे झैँ देखिन्थ्यो। ऊ घरीघरी हाइ काढ्थ्यो कहिले गुरुआमातिर एकटकले हेरिरहन्थ्यो त कहिले साथीहरूतिर।
गुरुआमाले सहानुभूतिपूर्ण ध्यानाकर्षण गर्न खोजे पनि ऊ सक्रिय देखिएन र समस्या सोध्दा पनि बताएन।किकर्ब्यविमूढ भै गुरुआमाले आजको पाठबारे लेख्न निर्देशन दिनुभयो र नजानिदो ढङ्गले उसको अध्ययन गर्नुभयो। सबैले चाँडै नै छोटोमा लेखेर देखाए। अन्त्यमा देखाउने राकेशको कापीमा लेखिएको थियोे, “भैरहेको अवस्थाबाट प्रगति गरेर माथि उठ्नु नै सफलता हो । समग्रमा भन्दा म को हूँ , कहाँ छु र कहाँ पुग्नुपर्छ भनेर चिन्नु नै सफलताका सिँढीं हुन् । दुई अक्षरको खुसी पाउन अढाई अक्षरको भाग्यमा भर नपरी चार अक्षरको मेहनत गर्नुपर्छ।
अनि मेरो निष्क्रियता र कुटाइ खाएको कारण चैँ खाजा खान पाएर पेट दुख्न छोडेसँगैको सफलता प्राप्तिपछि भन्छु है गुरुआमा!”
बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…
आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…