Categories: बाल कथा

धान दिवस


धनसिंह विश्व
गेजिंग प० सिक्किम

“यस्लाई पनि तपाईँसित लानुहोस्।” रोहनकी आमा सानुले भनी।
म पनि धान दिवस मनाउन टारी खेत जान तैयारी हुँदै थिएँ। आठ बर्षको छोरो रोहनलाई पनि आफूसँगै लिएर ग‌एँ।
धान दिवसको कार्यक्रममा मुख्य अतिथिबाट अलिकति धान रोपेपछि दिनभरी अन्य सांस्कृतिक कार्यक्रम र खेलकुद कार्यक्रमहरू सम्पन्न भयो। अन्तमा दहीचिउरा र खाना खाएर बेलुका घर फर्कियौँ।
रोहनले बाटोमा मलाई सोध्यो, “बाबा! यो धान दिवस भनेको के हो ?”
“धान दिवस भनेको खेतमा धान रोप्ने काम हो। यहाँ सबैजनाले वर्षमा एकचोटि भ‌एपनि हिलो टेक्नुपर्छ रे नि। अनि सबै ठुला बडाहरुले धान रोप्ने काम गर्छन्।”
छातीको ‘बटम फ्लावर’ देखाउँदै भन्यो, “यो चाँही किन लगाइदिएको?”
“ठुला बडाहरुलाई लगाई दिन्छन् नि।”
“त्यसो भए भोलि मलाई एक हजार रुपैयाँ पैसा दिनुहोस् ल बाबा।”
“किन ? मसित त्यस्तो पैसा छैन?” झस्किएर सोधेँ।
रोहनले भन्यो “हाम्रो पनि भोलि स्कूलमा धान दिवस मनाईंदैछ। मेरो छात्तीमा ‘बटम फ्लावर’ लगाउँदा हजुरले जस्तै मैले पनि पैसा चढाउनु पर्दैन त ?”

सारथि बाल पत्रिका

View Comments

  • Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

3 hours ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

3 hours ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

1 day ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

1 day ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

2 days ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

2 days ago