Categories: बाल कथा

शक्ति


तुलसी पण्डित

होइन तिमी के गर्दै छौ ?
“हजुरआमा आज विश्वकर्मा दिवस । बाबाले चढ्नु भएको मोटर साइकल सफा गर्न लागेकी नि ।”
“बाबा आफैले गर्थ्यो नि ?”
“बाबा कति खेर उठ्नु हुन्छ । बाबा उठ्ने बेला सम्म त मैले सबै काम भ्याइ सक्छु । फेरि लड्डु पनि किनेर ल्याएकी छु । ध्वजा पनि छ ।”
“तिमीले त सबै कुराको तयारी गरेकी रहिछौ । कसले भन्यो तिमीलाई आज विश्वकर्माको पूजा गर्नुु पर्छ भनेर ?”
हिजो गुरुले भन्नु भएको।
“भोलि विश्वकर्मा दिवस हो । विश्वकर्माको पूजा गर्यो भने दुर्घटनाबाट वच्न सकिन्छ।”
“न गरे के हुन्छ रे ?”
” पोहोर देख्नु भएन । बाबा मोटरसाइकलबाट लड्नु भएको । हात भाच्चिएर कति दुख पाउनु भयो । मैले सोचे बाबाले विश्वकर्मा दिवसमा यो मोटर साइकलको पूजा न गरेर यस्तो भएको हो।”
“मेरी नातिनी कति ज्ञानी छ भने म जिल्ल पर्छु । बाबालाई दुर्घटनाबाट बँचाउन विश्वकर्मा भगवानको पूजा गर्न लागेकी छ ।”
“हजुरआमा विश्वकर्मा कस्ता भगवान हुन् ?”
विश्वकर्मा भगवान निर्माणका असिमित शक्ति हुन् । उनले छिनभरमा आश्चर्य लाग्दा नयाँ नयाँ चिजहरुको आविस्कार गर्न सक्छन्।”
“शक्तिको अपहेलना गर्नेको कहिल्यै पनि भलो हुँदैन है हजुरआमा ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

8 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

9 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago