रोजिना घिमिरे
बाहिर पानी पर्दै थियो । कक्षा भित्र शिक्षकले पढाइरहेका थिए । त्यसै क्रममा शिक्षक ले विद्यार्थीहरुलाई प्रश्न गरे— यदि तिमीहरू सबैलाई मैले १००/१०० रुपैयाँ दिए भने तिमीहरूले के किन्छौ ?
कसैले भने— म घडी र चप्पल किन्छु।
कसैले भने— फुटबल र व्याट किन्छु।
कसैले भने— म धेरै चकलेट बिस्कुट किन्छु बाकी रहेको पैसा आमालाई राख्न दिन्छु।
तर एउटा बच्चा भने सोचमा डुबिरहेको थियो । शिक्षकले उसलाई सोधे— अनि भन तैँले चाहिँ के किन्छस नि ? खुबै सोचमा छस तँ।
उस विद्यार्थीले भन्यो— सर, मेरो आमाले अलिक धमिलो धमिलो देख्नुहुन्छ । हजुरले मलाई पैसा दिनुभयो भने आमाको लागि चस्मा किनिदिन्थे।
शिक्षक रामबहादुर सरले भने— आमाको लागि चस्मा त तेरो बाउले पनि किनेर ल्याइदिन सक्छ नि । तँ चाहिँ भन त आफ्नो लागि के किन्छस?
पाँच कक्षामा पढ्दै गरेको त्यो विद्यार्थीको जवाफले शिक्षक भावुक भए । त्यो विद्यार्थीले भन्यो — मेरो बुबा यस संसारमा हुनुहुन्न, उहिल्यै बित्नुभयो। मेरो आमाले कपडा सिलाएर हामीलाई खुवाउनु पढाउनु हुन्छ। अहिले आफ्नो आँखा कमजोर भएर त्यति देख्न सक्नुहुन्न। सियोमा धागो लगाउन उहाँलाई गाह्रो हुन्छ। त्यसैले आमालाई चस्मा किनेर दिन मन छ। मलाई ठूलो भएर अफिसर बन्न मन छ, भोलि आमालाई खुसी राख्न मन छ ।
शिक्षक: बाबू, तेरो सोच नै तेरो कमाइ हो। यो १०० रुपैयाँ मेरो बाचा सापटिको रूपमा दिँदैछु । जतिबेला कमाउने हुन्छस मलाई फिर्ता दिनु। अनि म चाहन्छु तँ यति ठूलो मान्छे बन्नु कि तेरो शिरमा हात राखेर आशीर्वाद दिन सकुँ।२० बर्षपछि… बाहिर पानी परिरहेको छ, भित्र कक्षा चल्दै छ । एकाएक स्कुल अगाडि सहायक सिडियोको सरकारी गाडी रोकिन्छ। स्कूल कर्मचारीको ध्यान त्यतातिर जान्छ । सिडियो गाडीबाट झरेर पेन्सन पाक्न ६ महिना बाकी रहेका वृद्ध शिक्षक भएकोमा जान्छन र पाउमा शिर झुकाएर ढोग गर्छन्। सिडियोले भन्छ— म… १०० रुपैयाँ फिर्ता गर्न आएको हुँ सर। स्कुलका सम्पुर्ण कर्मचारी स्तब्ध भए। तिनै शिक्षकले विगतको आफूले दिएको पैसा सम्झन्छन्। उनले निहुरिएका युवा सिडियोलाई उठाएर आफ्नो दुबै हातले कसेर अंकमाल गर्छन् र आँखाबाट आँसु झार्छन् ।
साथीहरू…
प्रसिद्ध हुनु, तर घमण्ड नगर्नु।
सरल हुनु, कमजोर नहुनु।
समय बदलिन बेर लाग्दैन..
राजालाई भिखारी बन्न , अनि भिकारीलाई राजा बन्न, समय लाग्दैन।
श्रोत ः नेपाली बालसाहित्य
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…