बलराम दंगाल
रत्ननगर, चितवन
हाल–अष्ट्रेलिया

साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका गुरुसामु पुग्यो।
उसले सोध्यो—“गुरुदेव, मानिसको सबैभन्दा ठूलो शत्रु को हो ?”
गुरुले शान्त स्वरमा भने—“बाहिर होइन, आफ्नै मनभित्र खोज।”
युवकले आँखा चिम्लियो।
अचानक अँध्यारोभित्र एउटा मानव आकृति देखा पर्यो। उसले मुस्कुराउँदै भन्यो— “म तिम्रो पुरानो साथी हुँ।”
“पहिले मलाई आलस्य भन। आज होइन, भोलि गर। अहिले आराम गर।”
युवकले उसलाई हटाउन खोज्यो।
त्यो मानिसको रूप फेरियो।
“अब म अहङ्कार हुँ। तिमीभन्दा ठूलो को छ र ? किन अरूसामु झुक्छौ ?”
फेरि उसको अनुहार बदलियो।
“म क्रोध हुँ। अपमानको बदला तुरुन्त लिनुपर्छ !”
त्यसपछि ऊ फुसफुसायो— “म लोभ हुँ। जति पाए पनि कम छ।”
एकछिनमा उसको स्वर काँप्न थाल्यो।
“म डर हुँ। अगाडि नबढ, तिमी हार्छौ।”
युवकले कान थुन्न खोज्यो।
तर ऊ फेरि हाँस्यो—“म नकारात्मक सोच हुँ। तिमीबाट केही हुँदैन।”
उसको आँखा फेरि बदलियो।
“म ईर्ष्या हुँ। अरूको खुसी किन सहन्छौ ?”
अन्त्यमा ऊ शान्त मुस्कानसहित नजिक आयो— “म झुट र छल हुँ। सत्यको बाटो कठिन छ। सजिलो बाटो रोज।”
युवक आत्तिएर चिच्यायो— “गुरुदेव ! एउटै मान्छेले यति धेरै रूप कसरी बनाउन सक्छ ?”
गुरुको स्वर आयो—“किनकि तिमी एउटै मान्छेसँग कुरा गरिरहेका छौ।”
युवकले आँखा खोल्यो।
गुरु त्यहाँ थिएनन्। पीपलमुनि एउटा ऐना मात्र थियो।
उसले ऐनामा हेर्यो। उसको शरीर सिरिङ्ग भयो।
“त्यहाँ उभिएको अनुहार आफ्नै थियो।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“गुण”

ह्रदय लेकाली बोल्दैन लाटो जब बोल्न थाल्छ ढुङ्गा र माटो पनि बोल्छ थाल्छ त्यो जून…

31 minutes ago

“विद्यार्थीहरूप्रति”

आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…

48 minutes ago

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

1 day ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

1 day ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

2 days ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

2 days ago